Logo

Banner-news

तेस्रो पूर्वाधार सम्मेलन गर्दै सीएनआई, लगानी सम्मेलनकै वर्ष किन जुध्दैछ सम्मेलन ?


appharu
   ७ माघ २०७५, सोमबार


काठमाडौं । सरकारले आगामी चैत तेस्रो साता लगानी सम्मेनलको आयोजना गर्दैछ । निकै तामझामका साथ गर्न लागिएको सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतका निजी क्षेत्र सहआयोजकका रुपमा रहेका छन् ।

तर, परिसंघ आफैं पनि यस वर्ष पूर्वाधार सम्मेलनको तयारीमा छ । पूर्वाधार सम्मेलन भनिए पनि लगानी सम्मेलन भनिए पनि अतिथि, वक्ता र सहभागीमध्ये अधिकांश समान हुन्छन् ।

संयोग त के छ भने दुई वर्षअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले लगानी सम्मेलन गरेको बेलामा पनि सीएनआईले पूर्वाधार सम्मेलन गरेको थियो । जसमा भारतीय मन्त्री सुरेश प्रभु वक्ताका रुपमा निम्त्याइएका थिए ।

परिसंघका राष्ट्रिय परिषद् सदस्य तथा पूर्वाधार सेलका संयोजक विरेन्द्रराज पाण्डेले सोमबार एक कार्यक्रममा पूर्वाधार क्षेत्रमा विगतमा भएका कठिनाइ हटाउने प्रयासस्वरुप परिसंघले दुईवटा पूर्वाधार सम्मेलन गरिसकेको र २०१९ मा नै तेस्रो पूर्वाधार सम्मेलन गर्ने योजना रहेको बताएका हुन् ।

पाण्डेले नेपालमा व्यावसायिक अवसर पर्याप्त रहेको बताउँदै हाल ५ अर्ब डलर बराबरको लगानी भइरहेकोमा त्यसलाई बढाइ १७ अर्ब डलर बराबरको लगानी हुनुपर्ने धारणा पनि राखेका थिए ।

प्रकाशित : ७ माघ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह