Logo

Banner-news

अमेरिकासँगको टक्कर महँगो पर्‍यो चीनलाई, आर्थिक वृद्धि तीन दशककै न्यून !


appharu
   ८ माघ २०७५, मंगलबार


बेइजिङ । संसारकै महाशक्ति राष्ट्र अमेरिकासँग व्यापार युद्धमा रहेको चीनलाई त्यसले नराम्ररी प्रभावित बनाएको छ । पछिल्लो आँकडा हेर्दा अमेरिकालाई संकटमा पार्ने ठानिकएको चीन आफैं संकटमा फस्ने देखिएको छ ।

चीनको आर्थिक वृद्धि गत वर्ष ६.६ प्रतिशत भएको घोषणा सोमबार गरेको छ । यो वृद्धिदर सन् १९९० पछिकै सबैभन्दा न्यूनसमेत हो ।

बेइजिङको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक अमेरिकासँगको चालू अवस्थाको व्यापार विवादका कारण विश्वका धेरैजसो क्षेत्रमा यही अनुपातको आर्थिक वृद्धिको अनुमान लगाइएको थियो ।

यो वृद्धिदर २०१७ को समीक्षात्मक ६.८ प्रतिशतको तुलनामा पनि कम हो ।
चौथो त्रैमासको जीडीपी ६.४ प्रतिशत कायम भएको थियो । यो वृद्धि पनि अपेक्षाअनुरूपकै हो । यो २०१८ को तेस्रो त्रैमासको ६.५ प्रतिशत वृद्धिको तुलनामा पनि कम हो ।

यद्यपि सोमबारको चिनियाँ आर्थिक तथ्यांकको विवरणले केही सकारात्मक पक्ष पनि देखाएका छन् ।

अघिल्लो वर्षको समान महिनाको तुलनामा डिसेम्बरमा औद्योगिक उत्पादनमा ५.७ प्रतशतले वृद्धि भएको छ । यो अर्थशास्त्रीहरूको ५.३ प्रतिशतको अनुमानको तुलनामा बढी हो ।

नोभेम्बरको ५.४ प्रतिशत वृद्धिको तुलनामा पनि बढी हो ।

डिसेम्बरमा खुद्रा बिक्रीको तथ्यांक ८.२ प्रतिशतले वृद्धि भएको छ । यो पनि प्रक्षेपणकै लाइनमा हो भने नोभेम्बरको ८.१ प्रतिशत वृद्धिको तुलनामा बढी हो ।
“हामीले चौथो त्रैमासमा अर्थतन्त्र ओरालो लागेको पाएका छौं । हामीले निर्यातको क्षेत्रबाट धेरै त्रैमासको अभैm पनि केही सहयोग हुने देखेका छौं,” ब्ल्याक रकका चीन प्रमुख हेलेन झुले बताइन् । उनले नयाँ अमेरिकी भन्सार कार्यान्वयनमा आउनुपूर्व सामग्री चीनबाट बाहिर निर्यात गरेको विषयलाई उधृत गर्दैै यस्तो बताएकी हुन् ।

चिनियाँ उपभोग र कर कटौतीबाट आपूmले केही सहयोग हुने अपेक्षा गरेको बताइन् । गत वर्षको तुलनामा यस वर्ष वृद्धि ओरालो लाग्ने पनि उनले बताइन् ।

बेइजिङको आधिकारिक जीडीपी तथ्यांकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी गराएको भए पनि धेरैजसो बाह्य विज्ञहरूले चिनियाँ प्रतिवेदनको वैधताबारे आशंका व्यक्त गरेका छन् ।

प्रकाशित : ८ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह