Logo

Banner-news

किन जाने विदेश ? नेपालमै छ हाइड्रो, इँटा र हस्तकलामा डेढ लाख रोजगारी !


appharu
   १५ माघ २०७५, मंगलबार


काठमाडौं । कामको खोजीमा विदेश जाँदै हुनुहुन्छ ? हुनुहुन्छ भने हतार नगर्नुस् । विदेशमा गएर चर्को घाममा मरीमरी काम गर्दा पनि कति बचाउन सक्नुहुन्छ हिसाब गर्नुस्, जम्मा २० हजारमात्र बच्ने रहेछ भने किन जाने विदेश ?

नेपालका इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीमा अहिले पनि १ लाख ५० हजारभन्दा बढी जनशक्तिको खाँचो छ । उनीहरुले भएजति कामदार विदेश जाँदा आफूहरुले कामदार नै नपाएको भन्दै त्यसको व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध नै गरेका छन् ।

मागअनुसार श्रमिक नपाएपछि इँटा उद्योग, हस्तकला र जलविद्युत् कम्पनीले जनशक्ति व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेका हुन् ।

हस्तकला उद्योग र जलविद्युत् कम्पनीले सरकारसँग दक्ष नेपाली जनशक्ति अभावमा उद्योग र परियोजना बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरेको बताइएको छ ।

नेपाली उद्योगका कमाइ नै नहुने पनि होइन भने सामाजिक सुरक्षा पनि भर्खरै सुरु भएको छ । इँटा उद्योगले मात्रै प्रतिमहिना ३० हजार दिने जनाएका छन् ।

इँटा उद्योगले मागअनुसार नेपाली श्रमिक नपाउँदा देशभरका इँटा भट्टाले १ लाख ५० हजार भन्दा बढी भारतीय जनशक्तिको भरमा उद्योग सञ्चालन गरिरहेको जनाएका छन् ।

यस्तै, उद्योगीले प्रतिमहिना ४० हजार आम्दानी हुने क्षेत्रमा रोजगारी दिने जनाए पनि जनशक्ति अभाव भएका कारण दिन नसकिएको त श्रममन्त्री गोकर्ण विष्ट नै बताउँछन् ।

नेपाली इँटा उद्योगले १ लाखभन्दा बढी श्रमिकलाई रोजगारी दिनेछन् भने बाँकी जलविद्युत् कम्पनी र हस्तकलाले रोजगारी दिनेछन् ।

यसरी स्वदेशमै काम पाइन्छ भने किन जाने विदेश ? तपाइँहरु पनि योजना परिवर्तन पो गर्ने कि !

प्रकाशित : १५ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह