Logo

Banner-news

ट्रान्सपरेन्सीको रिपोर्टपछि पौडेलको प्रश्नः भ्रष्टाचारको इन्डेक्स सुधार्न के गर्नुभयो ?


appharu
   १५ माघ २०७५, मंगलबार


काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी सूचकांक अनुसार नेपालको स्थान गत वर्षभन्दा यस वर्ष थप ओरालो लागेको छ । गत वर्ष १२२ औं स्थानमा रहेको नेपाल यस वर्ष १२४ औं स्थानमा झरेको छ ।

सरकारले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नारा लगाइरहँदा नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट देश रहेको तथ्य सार्वजकि भएको छ ।

सुशासन सूचकांकमा नेपालको अवस्था खस्केपछि अहिलेका चर्चित अर्थशास्त्री डा. विश्व पौडेलले अर्थमन्त्री युवराज खतिवडालाई प्रश्न गरेका छन् । भ्रष्टाचारको इन्डेक्स सुधार्न के गर्नुभयो भनेर उनले विस्तृत व्याख्यासहितको टिप्पणी फेसबुकमा राखेका छन् ।

प्रस्तुत छः अर्थशास्त्री पौडेलको टिप्पणी जस्ताको तस्तैः

 

दु:खको कुरा, भ्रष्टाचार वरियता मापन गर्ने करप्सन पर्सेप्सन इन्डेक्स अनुसार यो वर्ष हामी १२४ औं स्थानमा छौं। मलावी र माली जस्ता मुलुकहरु हामी भन्दा अगाडि गएका छन। (हेर्नुस्, https://www.transparency.org/cpi2018)

गत वर्ष श्वेतपत्र जारी गर्दा अर्थमन्त्रीज्युले बुँदा ८ मा दुइवटा अन्तरराष्ट्रिय वरीयता क्रम cite गर्नुभएको थियो। एउटा ‘डुइङ बिजनेस रिपोर्ट’ र अर्को ‘करप्सन पर्सेप्सन इन्डेक्स’।( हेर्नुस,अर्थमन्त्रीले जारी गर्नुभएको श्वेतपत्र बुँदा ८ ) खासमा दुइवटै वरीयताक्रममा नेपालले पोहोर साल परार भन्दा राम्रो गरेको थियो। भ्रष्टाचार मापक करप्सन पेर्सेप्सन इन्डेक्समा नेपालको वरीयता परारको १३१ औं बाट बढेर पोहोर १२२ औं भएको थियो। यसपाली भने दुबै वरियता क्रममा हामी खस्क्यौं (कम्तिमा सुधार गर्न सकेनौं)।

श्वेतपत्रमा त्यती महत्व दिएर cite गरिएका यि इन्डेक्सहरु सुधार गर्न सरकारले के गरेको थियो भन्ने प्रश्न भने उठेको छ। अर्थमंत्रीले Doing Business Index मा वरियताक्रम तल झरेपछी धेरै defensive भएर विश्ववैंकसँग कुरा गरें भन्नुभयो। आशा गरौं मन्त्रालयले अर्को वर्ष राम्रो गर्ला।भ्रष्टाचारको बारेमा त भन्ने पनि कसले हो थाहा छैन।

भ्रष्टाचारको दृष्‍टिले यो वर्ष खासमा त्यती उत्साहजनक रहेन। आरोप लाग्दैमा कसैलाई दोषी मान्ने हैन, तर गंभिर आरोप लागिसकेपछी प्रधानमंत्री वा कसैले केही त जवाफ दिनुचाही पर्छ। त्यत्रो ऋण लिएर बनाएको मेलम्ची प्रोजेक्ट, एक जना सचिवले पोहोर साल वैशाखमा आउँछ भनेको प्रोजेक्ट,खानेपानी मन्त्रीको भूमिकालाई लिएर यत्रो गाइँगुइँ भएको छ, यती ढिलो हुँदा किन भयो, को दोषी हो,हालका घटनाले सरकारलाई कती क्षति पुग्यो वा पुगेको छैन , भन्ने जानकारी कसैले त जनतालाई दिनुपर्छ। नत्र यस्ता index हरुमा हामी जाने भनेको तलै होला।

प्रकाशित : १५ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह