Logo

Banner-news

टेलिकमको फोरजी देशभर पुर्‍याउन दुई चिनियाँ कम्पनीसँग सम्झौता


appharu
   २० माघ २०७५, आइतबार


काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी एलटीई सेवा विस्तार गर्न दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । कम्पनीले चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको हो ।

यी दुई कम्पनीले सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्यान (RAN) को काम गर्नेछन् ।

छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्यान नेटवर्क तयार गरिने छ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।

र्यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने टेलिकमले जानकारी दिएको छ । नेपाल टेलिकमले पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजीरएलटीई सेवा सञ्चालन गरेको थियो ।

देशभर उक्त सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले को रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरेको हो ।

प्रकाशित : २० माघ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह