Logo

Banner-news

चर्को ब्याजदर विरुद्ध आन्दोलित व्यवसायीलाई कांग्रेसको साथ


appharu
   २२ माघ २०७५, मंगलबार


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर अस्वाभाविक रुपमा बढाएको भन्दै आन्दोलित निजी क्षेत्रलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि साथ दिएको छ ।

कांग्रेसले व्यवसायीको आन्दोलनलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छैन तर आन्दोलनमा जान पार्टी निकट व्यवसायीहरुलाई आह्वान गरेको पाइएको छ । आफैं पनि सरकारविरुद्ध आन्दोलनमा रहेको कांग्रेसले व्यवसायीको असन्तुष्टि क्यास गरेको हो ।

पूर्वको विराटनगरबाट सुरु भएको यस्तो आन्दोलनले पछिल्लो समय रुपन्देही नेपालगन्जलगायतका क्षेत्रमा आन्दोलन चम्किरहेको छ । मुलुकभर अन्य क्षेत्रका व्यवसायी पनि यसमा आन्दोलित देखिन्छन् भने नेपाल उद्योग वाणिज्य महासंघले पनि यसलाई साथ दिइरहेको छ ।

त्यसो त आइतबार संसद बैठकमा कांग्रेसका तर्फबाट विशेष समयमा युवा नेता गगन थापाले पनि पहिलोपटक ब्याजदर घटाउने माग राख्दै सडकमा व्यवसायी निस्कनुपर्ने अवस्थालाई दुर्भाग्यपूर्ण भनेका थिए ।

थापाले लगानीका निम्ति सरकारले ठूलो महोत्सवको तयारी गरिरहेका बेला पहिले आएका लगानीकर्ता नै धमाधम टाप ठोक्दै गरेको बताए । उनले ब्याजदरकै निम्ति व्यवसायी सडकमा निस्कनुपर्ने अवस्थाप्रति लाचार सरकारले संसारभरबाट धोक्रोका धोक्रो लगानी ल्याउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्यसमेत गरे ।

अर्थतन्त्र चरम संकटमा परेको तर सरकारले यसलाई ढाकछोप गर्न खोजेको कांग्रेसको आरोप छ । डुइङ बिजनेस रिपोर्टमा नेपालको अवस्था खस्किएको प्रतिवेदन सार्वजनिक गर्ने विश्व बैंकलाई अर्थमन्त्रीले धम्क्याएको र सुशासनमा कमजोर देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा उल्टै संस्थाको क्रेडिबिलिटीमाथि प्रश्न गरेर सरकारले दम्भ देखाएको उनको आरोप छ ।

प्रकाशित : २२ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह