Logo

Banner-news

टेलिकममा रणनीतिक साझेदारको विपक्षमा मन्त्री, जनतालाई नै सेयर दिइने !


appharu
   २२ माघ २०७५, मंगलबार


मन्त्री भन्छन्– जनताले पानीमा लगानी गर्न हुने, टेलिकममा लगानी गर्न नहुने भन्ने के छ ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने पक्षमा नरहेको संकेत गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले रणनीतिक साझेदारी प्राविधिक विषय भएकाले सकेसम्म जनताको साझेदारी खोज्ने पक्षमा सरकारको ध्यान गएको जानकारी दिए ।

नेपाल टेलिकमको १५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने– हामी सकेसम्म आफैँ गराँै भन्ने हो किनकी रणनीतिक साझेदार ल्याउँदा ठूलो रकम बाहिरिने सम्भावना छ ।

जनतालाई नै सेयर वितरण गरेर लगानीको अवसर दिने तयारीमा रहेका मन्त्री बाँस्कोटाले थपे– जनताले पानीमा लगानी गर्न हुने, टेलिकममा लगानी गर्न नहुने भन्ने के छ ? यसमा ठूला कम्पनी पनि सामेल हुनसक्छन् ।

मन्त्री बाँस्कोटाले टेलिकम ‘नम्बर वान’ थियो, छ, हुनुपर्छ भन्दै चुनौतीविहीन नम्बर वान हुनुपर्ने बताए ।
उनले टेलिकमको चौथो पुस्ताको सेवा ‘फोरजी’ विस्तारमा विलम्ब भएकोप्रति इंगित गर्दै दीर्घकालीन महत्वका आयोजनालाई यो वा त्यो बहानामा अल्झाइराख्नु उपयुक्त नहुने धारणा राखे । चुनौतीकै बीच १२ महीनामा फोरजी सक्नुपर्ने भन्दै उनले भने– समृद्धिको एउटा मेरुदण्ड टेलिकम पनि हो, यसको सेवा र गुणस्तर प्रभावकारी हुनुपर्छ ।

कार्यक्रममा सञ्चार सचिव महेन्द्रमान गुरुङ, दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनाललगायतले टेलिकमको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाई दुर्गम क्षेत्रका जनताको पहुँचमा पु¥याइनुपर्नेमा जोड दिए ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको प्रगति विवरण प्रस्तुत गर्दै सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा टेलिकमसम्बन्धी समाचार सम्प्रेषण गर्ने कारोवार दैनिकका पत्रकार सरस्वती ढकाल र दी हिमालयन टाइम्सका सुजन ढुंगानालाई जनही नगद रु ४० हजार र प्रशंसा–पत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : २२ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह