Logo

राजनीति

पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


appharu
   २२ माघ २०७५, मंगलबार


काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी नयाँ व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत कात्तिक १ गतेदेखि लागू गरेको न्यूनतम पारिश्रमिकविरुद्ध इमेज च्यानलका उपाध्यक्ष मोहनचन्द सिंहलगायतले हालेको रिटमा प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो ।

प्रधान न्यायाधीय चोलेन्द्र शमशेर राणाको एकल इजलासले निवेदनको अन्तिम किनारा नलागेसम्म न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी कात्तिक १ देखि २५ प्रतिशत पारिश्रमिक वृद्धिको निर्णय गरेको छ भने यसको कार्यान्वयनका लागि मन्त्री गोकुल बाँस्कोटा आफैं जुटिरहेका बेला सर्वोच्चको आदेशले झट्का लागेको छ ।

यता, सूचना तथा प्रशारण विभागले नयाँ न्यूनतम पारिश्रम २४ हजार ३ सयको नियुक्ति र बैंक स्टेटमेन्टबिना प्रेस पास नवीकरणमा समेत रोक लगाएको छ ।

प्रकाशित : २२ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह