Logo

कर्पोरेट-बजार

रेष्टुरेन्टमा सेवा शुल्क हटाउने निर्णयप्रति महासंघको स्वागत, मजदुर भने हडतालमै


GDP Nepal
   २२ माघ २०७५, मंगलबार


काठमाडौं । रेष्टुरेन्ट तथा बारहरूले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेपछि सर्वसाधारण, उपभोक्ता अधिकारकर्मीसँगै निजी क्षेत्रले पनि स्वागत गरेको छ । तर, निर्णय फिर्ता हुनुपर्ने माग राख्दै मजदुरले भने कतिपय रेष्टुरेन्ट नै बन्द गराइरहेका छन् ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले रेष्टुरेन्ट तथा बारमा लगाउं“दै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपाल (रेबान)को हालैको निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले संक्षिप्त विज्ञप्ति जारी गर्दै उपभोक्ताको हितलाई धनमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने महासंघको धारणा रहेको उल्लेख गरेको छ ।

महासंघको विज्ञप्तिमा विस्तृत रुपमा केही नभनिए पनि यसलाई निजी क्षेत्रको खुला समर्थनका रुपमा लिइएको छ । रेबान महासंघको वस्तुगत सदस्यसमेत हो ।

यता, सेवा शुल्कसम्बन्धी विवाद समाधानका लागि मजदुर र व्यवसायीबीच मध्यस्थता गर्ने श्रम कार्यालयको प्रयाश भने असफल भएको छ । मंगलबार कार्यालयले दुवै पक्षलाई छलफलका लागि बोलाए पनि रेबान नगएपछि छलफल नै हुन सकेन ।

रेबान अध्यक्ष प्रमोदकुमार जैसवालले आफूहरु अन्यत्र व्यस्त भएकाले आइतबार मात्र छलफल गर्ने जानकारी दिएका छन् ।

प्रकाशित : २२ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह