Logo

Banner-news

वैद्यखानाप्रतिको उदासिनताले शासकहरुको हैसियत देखायो– प्रा.डा. मदन दाहाल


appharu
   २२ माघ २०७५, मंगलबार


काठमाडौं । वरिष्ठ अर्थशास्त्री प्राध्यापक डा. मदन दाहाल मुलुकको समसामयिक विषयमा कलम चलाइरहन्छन् । उनले नेपालको अविकास र गरिबीको दुष्चक्रबारे निर्धक्कसँग धारणा राख्ने गरेका छन् ।

तीन दशक लामो विश्वविद्यालयको अनुभवपछि रिटायर्ड जीवन बिताइरहेका अर्थशास्त्री दाहाल शासकहरुले मुलुकको साधन स्रोतप्रति गरेको उपेक्षाप्रति पनि उत्तिकै चिन्तित र आक्रोशित देखिन्छन् । यसै साता उनले सिंहदरबार वैद्यखाना भ्रमणपछि त्यहाँको अवस्थाको सजीव चित्रण गरेका छन् ।

वैद्यखानाप्रति राज्यको बेवास्ताको आलोचना गर्दै यसको आवश्यकताबारे उनले यसरी प्रष्ट्याएका छन् ।

सिंहदरवार आयुर्वेद वैद्यखानाको टीठलाग्दो स्वरूप !

(१) सिंहदरवार आयुर्वेद वैद्यखाना नेपाल सरकारद्वारा सञ्चालित मुलुकको सबैभन्दा पुरानो र प्रसिद्ध वैद्यखाना हो । यहाँवाट उत्पादित खासगरी शिलाजीत जस्ता वहुमूल्य औषधिहरू स्वदेशमा मात्रै खपत हुने होइन, विदेशमा पनि निर्यात हुन्छ ।
(२) तर, यो दुर्भाग्य हो– अनामनगरमा अवस्थित वैद्यखाना भवन पुरानो, औषधि वितरण कक्ष अत्यन्त सानो र बिल काउन्टर औषधि वितरण कक्षवाहिर असुरक्षित रहेको तथा बिरामी जांच्ने डाक्टरको कक्ष भवन वाहिर सानो झुपडीमा रहेको र सुरक्षाको कुनै प्रवन्ध नभएको अवस्था देख्दा अत्यन्त टीठ लागेर आयो ।
(३) विगतदेखि आजसम्मका सरकारहरूले जीवनदान दिन सक्ने जडीबुटीको भण्डार रहेको हाम्रो देश नेपालमा सिंह दरवार वैद्यखाना प्रति देखाएको उदासिनता, नकारात्मक व्यवहार र चिसोपनाले उनीहरूको हैसियत के रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ ।

(४) वैद्यखानामा आवश्यक जनशक्ति, पर्याप्त वजेट र नयां भवन तथा समुचित सुरक्षा प्रवन्ध लगायत व्यवस्थापनमा सुधार गर्दै गुणस्तर अभिवृद्धि गर्नेतर्फ सरकारको ध्यान कहिले जाला ?

प्रकाशित : २२ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह