Logo

Banner-news

फिल्डबाट पनि फर्कियो थ्री गर्जेज, पश्चिम सेती नबन्ने पक्का


GDP Nepal
   २३ माघ २०७५, बुधबार


काठमाडौं । पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनीले अन्ततः पूरै हात झिेकेको छ । आयोजनाको प्रबद्र्धक चाइना थ्री गर्जेजले आयोजनास्थलमा रहेका सबै सामानहरु फिर्ता लगेको छ ।

स्थानीय पत्रकार हरिश चन्दका अनुसार चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिमसेती जलविद्युत् आयोजना निर्माणका लागि ल्याएको मेसिनरी औजार धमाधम फिर्ता लैजान थालेको हो ।

७ सय ५० मेगावाटको पश्चिम सेती बनाउने जिम्मा पाएको थ्री गर्जेजले हाल आयोजनाबाट हात झिकिसकेको छ । यससँगै परियोजना निर्माणका ल्याइएका सामानहरू कम्पनीले ओसार्न थालेको हो ।

पश्चिम सेती नबनाउने भएपछि आफूले ल्याएका मेसिनरी औजार कम्पनीले हेलिकप्टरमार्फत ओसार्न थालेको छ । लगानी बोर्डसँगको असमझदारीपछि कम्पनीले यस आयोजनाले हात झिकिसकेको छ ।

आयोजनको क्षमता घटाउने प्रस्ताव लगानी बोर्डले सुरुमा अस्वीकार गरे पनि पछि सकारात्मक संकेत दिएको थियो । तर, त्यसमा समेत चित्त नबुझाई थ्री गर्जेज बाहिरिएको छ ।

चिनियाँ कम्पनी यसरी लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपालबाट बाहिरिनुले गलत सन्देश जाने जानकारहरु बताउँछन् ।

प्रकाशित : २३ माघ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह