Logo

Banner-news

‘विज्ञ व्यक्ति अर्थमन्त्री हुँदा पनि ब्याजदरको समस्या हुनु दुर्भाग्यपूर्ण’


appharu
   २३ माघ २०७५, बुधबार


काठमाडौं । पूर्व अर्थसचिव युवराज भुसालले वर्तमान अर्थमन्त्री आफैं विज्ञ र लामो समय यो क्षेत्रमा काम गरेर खारिएर आएको व्यक्ति भए पनि ब्याजदरको समस्या आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

भुसालले भने– अर्थमन्त्री आँफैमा विज्ञ हुनुहुन्छ, अब उहाँभन्दा जान्ने अरु को होला र ? बैंकहरुको व्याजदरको समस्या सुन्दा कर्णप्रिय लागेको छैन ।

राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण पनि कमजोर बनेकाले समस्या भएको उनको तर्क छ । ‘नियमन फितलो भयो की भन्ने मेरो बुझाई हो,’ बुधबार रिपोर्टर्स क्लबमा उनले भने ।

नेपालमा नीति निर्देशिका स्पष्ट नभएको सुनाउँदै भुसालले यसतर्फपनि सरकारले सोच्नुपर्ने धारणा राखे । उनले भने– अहिले देखिएको बैंकहरुको व्याजदरको समस्याको समाधान गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ र बैंकर्स एशोसिएशन चार वटै पक्ष एक ठाउँमा बसेर टेबलु टक गर्नुपर्छ ।’

नेपालको निर्यातको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पनि उनले सुनाए । उनले भने,‘हाम्रो टोटल एक्सपोर्टले त हामीलाई फ्युल ल्याउनपनि पुग्दैन् ।’ उनले सरकारले भ्यु–टावर नबनाएको भए हुन्थ्यो भन्ने धारणा पनि राखे ।

फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुन लागेको सुनाउँदै तामझाम नगर्न पनि भुसालले सुझाए ।

प्रकाशित : २३ माघ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह