Logo

कर्पोरेट-बजार

निर्वाण चौधरीलाई योङ प्रेसिडेन्ट्स अर्गनाइजेसनको सेन अवार्ड


GDP Nepal
   २५ माघ २०७५, शुक्रबार


काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि योङ प्रेसिडेन्ट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ ।

चौधरी फाउण्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पु¥याएको योगदानका कारण उनी यस अवार्डका लागि छनौट भएको वाई. पी. ओ.ले जनाएको छ ।

वाई. पी. ओले आफ्ना सदस्य मध्येबाट समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, गरीबी निवारण, समानता, वातावरण संरक्षण लगायतका क्षेत्रमा प्रभावकारी कामको नेतृत्वगर्ने सदस्यहरू उक्त अवार्डबाट सम्मानित हुँदै आएका छन् । यो अवार्ड ११ बर्षअघि स्थापना गरिएको हो ।

वाई. पी. ओ.ले नेपालले लिएको दिगो विकास लक्ष्य प्राप्तीप्रति आफ्ना हरेक क्रियाकलापहरुलाई लक्षित गर्दै आएको चौधरी फाउण्डेसले शिक्षा, स्वास्थ्य, उद्यमशिलता विकास, जीविकोपार्जन, विपद व्यवस्थापन, सम्पदा एवं आध्यात्मिक विकास गरी ६ वटा विधामा ४३ विविध कार्यक्रम संचालन गर्दै आएको उल्लेख गरेको छ ।
जसअन्तर्गत २२ वटा दीगो सामाजिक व्यवसाय, तीन हजार बढी विद्यार्थीका लागि छात्रवृत्ति, भूकम्प पीडितहरुका लागि आवास निर्माण एवं नमुना वस्ती विकास, सीप विकास कार्यक्रममार्फत १६ हजारभन्दा बढी रोजगारी सिर्जना गरि फाउण्डेसनले महत्वपूर्ण योगदान पु¥याएको छ । चौधरी फाउण्डेसनद्वारा निर्माण गरिएको शाश्वतधाम नेपालकै उत्कृष्ट गन्तव्यका रुपमा नेपाल सरकारबाट समेत सम्मानित भईसकेको छ । हाल शाश्वतधाममा प्रतिमहिना कम्तिमा एक लाख ५० हजार आन्तरिक एवं वाह्यपर्यटक पुग्ने गरेका छन् ।

अवार्ड ग्रहण गर्दै प्रवन्ध निर्देशक चौधरीले वाई.पी.ओ. को सेन अवार्डबाट सम्मानितहुनपाउँनु आफ्नो र फाउण्डेसनको लागि गर्वको कुरा रहेको र यसले आफुलाई सामाजिक कार्य गर्न थप उर्जा एवं प्रेरणा प्राप्त भएको बताए । कुनै पनि सामाजिक कार्यलाई उच्च गुणस्तरको एवं दिगो रुपमा संचालनगर्नु चुनौतीको रुपमा रहेको र यसैलाई हाम्रो समाज र समग्र राष्ट्रको उज्वलभविष्यको रुपरेखातयार गर्ने अवसरको रुपमा फाउण्डेसनले लिएको पनि उनको भनाइ छ ।

१९ बर्षको कलिलो उमेरमा सिजी फिन्कोको स्थापना गरी आफ्नो व्यवसायिक यात्रा प्रारम्भ गरेका चौधरी ३० बर्षको उमेरमा चौधरी ग्रुपको प्रवन्ध निर्देशक पदमा नियुक्त भएका थिए ।

२०१८ मा सेन दिगो अवार्ड प्राप्तगर्ने अन्यव्यक्तित्वमा फेटजर भिनायार्डका सिईओ गियानकार्लाे बियानचेटी (व्यवसायतर्फ), द वुमानिटी फाउण्डेसनका प्रेसिडेण्टयानबोर्गस्टेट (समानतातर्फ), द लाईटहाउस व्रिस्टोका प्रेसिडेण्ट एलिजावेथकिन्नी (प्रभावतर्फ) तथा सोनायुक्तिकासिईओचोको भालिआपा (शिक्षातर्फ) रहेका छन् ।

योङ योङ प्रेसिडेन्ट्स अर्गेनाइजेशन (वाई.पी.ओ.) १३० राष्ट्रका २७ हजारभन्दा बढी प्रमुखकार्यकारी अधिकारीेहरु रहेको विश्वव्यापी संगठन हो । यसका सदस्यहरु आफ्नो ज्ञान, नविनतम सोंचमार्फत विश्वजगतलाई प्रभावपार्ने नेतृत्वदायी भूमिकामा रहेका हुन्छन् ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह