Logo

Banner-news

भरतमोहनको उपचारमा मेडिसिटीद्वारा गम्भीर लापरवाही, ह्याम्स सारियो !


GDP Nepal
   २५ माघ २०७५, शुक्रबार


काठमाडौं । पुराना कम्युनिष्ट नेता तथा वाम सरकारका पहिलो अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा मेडिसिटी अस्पतालले गम्भीर लापरवाही गरेको नेकपाकै एक नेताले आरोप लगाएका छन् ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानी रहेको उक्त अस्पतालले नेता अधिकारीको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति भएको नेकपाका केन्द्रीय सदस्य तथा पूर्वपत्रकार सूर्य थापाले बताएका छन् ।

थापाले मेडिसिटी कसको अस्पताल हो ? भन्ने प्रश्नसमेत गरेका छन् । तर, गत वर्ष प्रधानमन्त्रीको सपथ लिनुअगावै केपी ओलीले उक्त अस्पताल भ्रमण गरेर प्रशंशा गरेको तथ्यप्रति उनी अनभिज्ञ नै छन् भन्ने अनुमान गर्न सकिन्न ।

अस्पतालका सञ्चालक महतो ओली क्याविनेटका प्रभावशाली मन्त्री रघुवीर महासेठका नजिकका नातेदार (जेठान) हुन् ।

थापाका अनुसार अधिकारीलाई उपचार गरिएको १ महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले फोक्सोमा जमेको कफसमेत ननिकालेको पाइएको छ । उनले भरतमोहनजस्ता नेताको उपचारमा समेत हेलचेक्र्याइँ गर्ने अस्पतालले अरुको उपचारमा के गरिरहेको होला भन्ने प्रश्नसमेत गरेका छन् ।

अधिकारीको स्वास्थ्य स्थिति सम्बन्धमा कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएको भन्दै उनले आलोचना पनि गरेका छन् र

नेकपा नेता सूर्य थापाको फेसबुक स्टाटस जस्ताको तस्तैः

@ ह्याम्स अस्पताल । भरतमोहन अधिकारी यस अस्पतालमा सारिनुभएको छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयो । केही दिनपछि डिस्चार्ज गरिनुभयो ।
पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियो र मेडिसिटीमै भर्ना हुनुभयो । एक महिना उपचार गर्दा समेत २० को १९ नभएपछि उहाँलाई हिजोदेखि ह्याम्स अस्पतालमा सारिएको हो ।
डा. भगवान कोइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भरोसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूको उपचारले उहाँ शीघ्र निको भएर घर फर्किनुहुने विश्वास छ ।
तर, वितेको १ महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ ।
फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।
८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको कस्तो जवाफदेहीपन होला ? बुझ्न गाह्रो पर्याे ।
खासमा यो अस्पताल कसको हो ? भरतमोहन अधिकारीको त यो हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भोगिरहनु परेको होला ?
शीघ्र स्वास्थ्यलाभको कामना ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह