Logo

Banner-news

तल्लो खारेको ८६ लाख ७४ हजार कित्ता सेयर खुल्यो, अपरसोलुको ३३ लाख आउँदै


GDP Nepal
   २६ माघ २०७५, शनिबार


काठमाडौं । दोलखा जिल्लाको खारे कोरिडोरमा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनिभर्सल पावरले सार्वजनिक सेयर निष्कासन गरेको छ ।
कम्पनीले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । शुक्रबारदेखि बिक्री खुला भएको यो सेयरका लागि माघ २९ गतेसम्म आवेदन गर्न पाइनेछ ।

यस्तै, सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युतको प्रवद्र्धक अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड ७ लाख ५० हजार बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।
अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ताब बराबरको सेयर जारी गर्न लागेको हो ।
निष्कासन हुने सेयरमा १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय र १९ लाख ५७ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आगामी जेठमा आयोजना प्रभावित तथा एक बर्षपछिको फागुनसम्ममा सर्वसाधारणका लागि सेयर निकाष्शन गरिसक्ने जनाएको छ ।

तल्लो खारे गौरीशंकर गाउँपालिकामा छ र यसको निर्माण ८० प्रतिशत पूरा भइसकेको छ । युनिभर्सल पावर कम्पनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकले स्थापना गरेको सीएचडीसी कम्पनीको नेतृत्वमा सञ्चालित छ ।
तल्लो खारेको लागत २ अर्ब ४ करोड रुपैयाँ हुने अनुमान छ । ०७६ साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना निर्माणको काममा एक दिन पनि अवरुद्ध नभएको कम्पनीले जानएको छ । आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ«्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैंकले लगानी गरेका छन् ।

हाल जलविद्युत् क्षेत्रमा निष्कासन भएका पछिल्ला आधादर्जन सार्वजनिक निष्कासन भएका कम्पनीको मागलाई हेर्दा यो कम्पनी सेयरमा १ सय कित्ताभन्दा माथि नै लगानी गर्नु उपयुक्त हुने जनाइएको छ ।

आयोजनाबाट विद्युत् उत्पादनपछि वार्षिक ३३ करोडको विद्युत् बिक्री हुनेछ । यस कम्पनीको नेतृत्व गरेको कम्पनी सीईडीबी हाइड्रोपावर डेभलपमेन्टले यसपूर्व ३ वटा जलविद्युत् आयोजना सफलतापूर्वक निर्माण गरिसकेको छ ।

जसमा लमजुङमा १ सय ८३ किलोवाटको स्याङ्गे जलविद्युत् आयोजना, ४.४ मेगावाटको राधीजल विद्युत् आयोजना र बुटवल पावर कम्पनीसँग मिलेर ४ मेगावाटको खुदी छन् ।

प्रकाशित : २६ माघ २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह