Logo

Banner-news

जनवरीमा ९२ हजार पर्यटक, भारतीयकै हाराहारीमा चिनियाँ


GDP Nepal
   २९ माघ २०७५, मंगलबार


काठमाडौं । सन् २०१९ को पहिलो महिना नै पर्यटक आगमन दर उत्साहप्रद रुपमा बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन् ।

हवाई मार्गबाट ७७ हजार ३ सय र स्थलमार्गबाट १४ हजार ४ सय ९३ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन २५.४ प्रतिशतले बढेको हो ।

बोर्डका अनुसार भारतीय पर्यटकको आगमन २०.६ प्रतिशतले र चिनियाँको आगमन १४ प्रतिशतमात्रैले बढेको छ । एक महिनामा भारतबाट १४ हजार ६ सय ५० र चीनबाट १३ हजार ६ सय ८८ पर्यटक नेपाल भित्रिएका छन् ।

भारतबाट हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकलाई मात्र पर्यटक मान्ने गरिएको छ । स्थलमार्गबाट ठूलो संख्यामा भारतीयहरु नेपाल आउने गरेका छन् ।

प्रकाशित : २९ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह