Logo

Banner-news

युनिभर्सलको आईपीओ ३३ लाख कित्ता बिक्न बाँकी, बिक्री बन्द हुने मिति तोकिएन


GDP Nepal
   २९ माघ २०७५, मंगलबार


काठमाडौं । दोलखा जिल्लाको दुर्गम क्षेत्र गौरीशंकर गाउँपालिकामा निर्माणाधिन ११ मेगावाटको तल्लो खारे जलविद्युत् आयोजनाको प्रवद्र्धक युनिभर्सल पावर कम्पनीले आह्वान गरेको प्राथमिक सेयरको बिक्री उत्साहप्रद छैन ।

सरकारी लगानीका बाहेक निजी लगानीका जलविद्युत् कम्पनीको सेयरमा सर्वसाधारणको ठूलो रुचि नदेखिएको अवस्थामा युनिभर्सलको सेयर पनि त्यसैको मारमा परेको छ ।

निजी प्रवद्र्धकहरु पारदर्शी नहुने तथा आयोजनाको लागत अत्यधिक देखाउने प्रवृत्तिका कारण निजी कम्पनीका जलविद्युतको सेयर मूल्य दोस्रो बजारमा पनि निरन्तर घटिरहेको छ ।

युनिभर्सलको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पहिलो छिटोमा सेयर बिक्री बन्द हुनुपर्ने दिन भनेर सूचना जारी गरिएको मंगलबारमात्रै ३२ लाख ७५ हजार ३ सय९२ कित्तामा आवेदन परेमा शतप्रतिशत बिक्री हुनेछ । तर, विगत तीन दिनको आवेदन ट्रेन्ड हेर्दा यति आवेदन पर्ने अवस्था छैन ।

सोमबार साँझसम्म ५३ करोड ९९ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ५८ हजार ५९ जनाले ५३ लाख ९९ हजार १ सय कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।

त्यसो त स्थानीयले समेत यो आयोजनालाई पत्याएका थिएनन् । स्थानीयका लागि पुस १५ देखि माघ १३ गतेसम्म २१ लाख ३ सय ५० कित्ता सेयर आइपीओ खुलाइएकोमा ३ लाख ३४ हजार २ सय कित्ताका लागि मात्र आवेदन परेको थियो ।

आयोजनाले दोलखाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयलाई आईपीओ बिक्री खुला गरेको थियो । स्थानीयले आवेदन नगरेको १७ लाख ६६ हजार १५० कित्तासमेत सर्वसाधारणलाई बिक्री गर्दा युनिभर्सलको सेयरको आकारसमेत ठूलो भएको हो ।

आयोजनाको निर्माण ८० प्रतिशत पूरा भइसकेको छ । युनिभर्सल पावर कम्पनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकले स्थापना गरेको सीएचडीसी कम्पनीको नेतृत्वमा सञ्चालित छ ।

तल्लो खारेको लागत २ अर्ब ४ करोड रुपैयाँ हुने अनुमान छ । ०७६ साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना निर्माणको काममा एक दिन पनि अवरुद्ध नभएको कम्पनीले जानएको छ ।

आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ«्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैंकले लगानी गरेका छन् ।

प्रकाशित : २९ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह