Logo

Banner-news

सामाजिक सञ्जालमा फागुन १- जनयुद्धले प्रचण्डलाई अर्बपति बनायो !


GDP Nepal
   १ फाल्गुन २०७५, बुधबार


काठमाडौं । फागुन १ अर्थात माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन । तत्कालीन माओवादी कार्यकर्ताले यसलाई गौरवमय दिनका रुपमा मनाइरहँदा सर्वसाधारणबाट आलोचना पनि उत्तिकै भइरहेको छ ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पत्रकार लेनिन बञ्जाडेको एउटा पोष्ट निकै भाइरल भइरहेको छ । जहाँ पत्रकार बञ्जाडेले लेखेका छन्–

विन्डोजले बिल गेट्स, फेसबुकले जकरबर्ग, रिलायन्सले अम्बानी, अलिबाबाले ज्याक मा, पेटिएमले विजयशेखर शर्मा, वाईवाईले विनोद चौधरी र जनयुद्धले प्रचण्डलाई अर्बपति बनायो ! #धनयुद्धदिवस

माओवादी युद्ध समाप्तीसँगै भएको शान्ति सम्झौतापछि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ पटक प्रधानमन्त्री भइसकेका छन् भने अधिकां समय उनको दल सत्तामै छ ।

लडाकु शिविरको रकम आफैं बुझ्ने गरेको तथा देशका चर्चित भ्रष्टाचार र अनियमितता काण्डमा नाम जोडिएका प्रचण्डको विवादास्पद व्यापारीहरुसँगको उठबस पनि गसिपभन्दा बढी नै यथार्थ रहेको उनी निकटकै नेताहरु बताउँछन् ।

प्रचण्ड अर्बपति हुन् वा होइनन् भन्ने भविश्यले बताउला तर उनको सम्पत्तिमाथि छानबिनको सम्भावना भने तत्कालका लागि पटक्कै छैन । किनकी उनी सत्तारुढ दलका अध्यक्ष र वेटिङ प्राइम मिनिष्टरका रुपमा हेरिएका छन् ।

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह