Logo

Banner-news

बर्ड फ्लुको भ्याक्सिन नेपालमै बन्न थाल्यो, निर्यात पनि हुने


GDP Nepal
   २ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । पशुपंक्षीलाई लाग्ने विभिन्न रोगविरुद्धको भ्याक्सिन अब नेपालमै बन्ने भएको छ । गोल्छा अर्गनाइनजेसन र हेस्टर बायोसाइन्सेज लिमिटेड इन्डियाको संयुक्त लगानीमा काभ्रेको बनेपामा यस्तो उद्योग खुलेको हो ।

उच्च प्रविधिको प्रयोग गरेर कुखुरा तथा पशु चौपायलाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्ने उद्योगमा वार्षिक १ सय १४ करोड डोज लाइभ र सक्रिय भ्याक्सिन उत्पादन हुनेछ । ४७ प्रकारका भ्याक्सिनमध्ये हाल कम्पनीले २० भ्याक्सिनका लागि सरकारबाट लाइसेन्स लिइसकेको तथा अन्य भ्याक्सिनहरूको लाइसेन्स लिने तयारीमा रहेको हेस्टर बायोसाइन्सेज नेपालका सिइयो तथा प्रबन्ध निर्देशक राजीव गान्धीले जानकारी दिए ।

हेस्टर नेपालले भ्याक्सिनको आयात गरेर वितरणमात्र गर्ने काम गर्दथ्यो भने अहिले उत्पादन नै नेपालमा गरेर अन्य देशमा निर्यात गर्ने जनाएको छ ।

हालसम्म २ करोड डोज भ्याक्सिनहरू अन्य देशमा निर्यात गरिसकेको हेस्टरले वर्ड फ्लूको पनि भ्याक्सिन बनाउने संस्थाले जनाएको छ । कुखुरापालन व्यावसायिक रूपले राम्रोसँग अगाडि बढे पनि बर्डफ्लु रोगले कुखुरापालक व्यवसायी तथा किसानलाई मर्का पार्ने गरेको थियो ।

बुधबार काभ्रेको बनेपा नपा ३ उग्रचण्डी नालामा रहेको कम्पनीको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रकाशित : २ फाल्गुन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह