Logo

Banner-news

निजी क्षेत्रको दोहोरो चरित्रः भित्र सरकारको आलोचना, बाहिर चाकडी


GDP Nepal
   ३ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । नेपालको निजी क्षेत्र पनि अजीव चरित्रको छ । केपी ओली नेतृत्वको सरकारले वर्ष दिनमा उल्लेख्य काम गर्न सकेन, नीतिगत सुधारमा पनि कुनै काम गरेन बरु उल्टै खुला बजार अर्थतन्त्रको मर्मविपरीत हिँडिरहेको टिप्पणी गर्ने निजी क्षेत्र सार्वजनिक रुपमा भने सरकारको खुला चाकडीमा उत्रेको छ ।
निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अधिकांश पदाधिकारीहरु यतिबेला मिडियादेखि भेला र जमघटमा सरकारको आलोचना गरिरहेका हुन्छन् ।
तर, यीनै संस्थाले केपी ओली नेतृत्वको सरकारको एक वर्ष निकै उपलब्धिमूलक रहेको भन्दै विभिन्न मिडियामा लाखौं खर्चेर विज्ञापन छपाएका छन् । शुक्रबारका केही पत्रपत्रिकामा सरकारप्रति निजी क्षेत्रको शुभकामनाले यी संस्थाको चरित्रमाथि नै प्रश्न उठाएको छ र भने नैतिक प्रश्नसमेत उठेको छ ।
प्रधानमन्त्री ओलीको एक वर्षे शासन निजी क्षेत्रमैत्री छैन । बरु निजी क्षेत्रका अधिकार कटौती गरिएका छन् र उत्पादन लागतसमेत बढेको छ । पछिल्लो समय निकै तामझामका साथ ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएमा निजी क्षेत्रले सरकारले रोष्टरमा राखेका कामदारमात्रै काममा लगाउनुपर्ने अवस्था छ ।
अर्थतन्त्रका अधिकांश परिसूचकहरु नकारात्मक छन् र सरकार नजिकका मानिसले मात्र राज्यबाट सुविधा र संरक्षण पाउने क्रोनि क्यापिटलिजमको विकास भइरहेको छ ।
तर, निजी क्षेत्रका अगुवा संस्थाहरुलाई प्रधानमन्त्री कार्यालयबाटै बाध्य पारेर शुभकामना दिन लगाइएको देखिन्छ । यसको प्रतिवाद नेतृत्वले गर्न नसक्नुलाई निजी क्षेत्रभित्र हुर्कंदो चाकडी र चाप्लुसी संस्कृतिको उपजको संज्ञा दिइएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह