Logo

Banner-news

सेना–प्रहरी, स्कुल र अस्पतालमा नेपाली कपडा अनिवार्य: अर्थमन्त्री


GDP Nepal
   ३ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निकासी वृद्धिका लागि निर्यातजन्य उद्योगको प्रवद्र्धनका निमित्त प्याकेजमै डिल गर्ने घोषणा गरेका छन् ।र्

नेपाल तयारी पोशाक उद्योग संघ २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अथमन्त्री डा. खतिवडाले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगमध्ये तयारी पोशाक उद्योग महत्वपूर्ण हो भन्ने आफूले बुझेको भन्दै यसको संरक्षण र प्रवद्र्धनमा आफू गम्भीर रहेको धारणा राखे ।

उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको स्पष्ट नीति रहेको उल्लेख गरे । उत्पादनमा लाग्ने लागतमा साझेदारी गर्न सरकार तयार रहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले भने– हामी छुट दिने कुराहरु गरिरहेकै छौँ, विद्युत् महशुलमा ५० प्रतिशत र आयकरमा छुट दिन तयार छौँ, अरू धेरै कुरामा छुट दिन्छौँ ।

अर्थमन्त्रीले नेपाली हातले बुनेका र कटनका कपडा ब्राण्डिङ गर्न सुझाव पनि दिए । त्यस्तो गार्मेन्ट र कपडाको विकास तथा उत्थानका लागि प्याकेजमा डिल गर्न सरकार तयार रहेको भन्दै छलफलका लागि आह्वान गरे ।

यस्तै, रुग्ण कपडा तथा धागो कारखनाहरु सञ्चालनका लागि सरकारले प्रस्ताव आह्वान गर्न लागेको भन्दै सहकार्यको आग्रह पनि गरे । नेपालमा उत्पादन भएको कपडालाई सुरक्षा निकाय, सार्वजनिक विद्यालय या अस्पताललाई अनिवार्य खरीद गर्ने व्यवस्थालाई अझै प्रभावकारी गराउन सार्वजनिक खरीद ऐन संशोधनको प्रक्रिया अघि बढिसकेको उनले भनाइ छ ।

कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संका अध्यक्ष चण्डीप्रसाद अर्यालले अर्थमन्त्री खतिवडाबाट नेपालको निजी क्षेत्रले ठूलो अपेक्षा राखेको भन्दै अहिले पनि उद्योगका समस्या समाधान नभए कहिल्यै हुन नसक्ने जिकिर गरे । यद्यपि उद्योगको विकासमा सरकारले धेरै काम गर्न बाँकी रहेको उनले औँल्याए ।
अर्यालका अनुसार २२ सयभन्दा बढी गार्मेन्टका यन्त्र उपकरणहरु बन्द अवस्थामा रहेकाले सरकारले यसलाई मात्रै सञ्चालनका लागि वातावरण तयार पार्ने हो भने ठूलो मात्रामा निर्यात गर्न सकिने अवस्था छ ।

संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले विगतमा गार्मेन्टको उत्पादन २२ अर्बको हाराहारीमा निर्यात भए पनि मुलुकको अवस्था र सरकारी बेवास्ताकै कारण धरासायी बनेको धारणा राखे । तयारी पोशाकलाई बेवास्ता गरेको सरकारले निर्यातका अरु क्षेत्रलाई समेत संरक्षण गर्न नसकेको भन्दै रोस प्रकट गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले स्वदेशमै खपत हुने तयारी पोशाक उत्पादनमा लाग्न सुझाव दिए । उद्योगको विकासका लागि स्वदेशी ब्राण्डको व्यवस्थापनसँगै बजार, प्याकेजिङ र डिजाइनलाई व्यवस्थित र भरपर्दाे बनाउनुपर्नेमा उनको जोड थियो ।
नेपाल उद्योग वाणिज्य महासंका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गार्मेन्ट उद्योगलाई मात्रै प्रभावकारी बनाउन सके शोधनान्तर घाटा कम गर्न सकिने उल्लेख गर्दै यही क्षेत्रलाई हेर्ने गरी विभाग खडा गर्नुपर्नेमा जोड दिए ।

यस्तै, नेपाल चेम्बर अर्फ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको औँल्याउँदै कमजोर पूर्वाधार, उच्च लागत र ब्याजदर लगायत कारणले नेपाली उत्पादन प्रतिस्पर्धी हुन नसकेको गुनासो गरे ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह