Logo

Banner-news

एनसेलमा बम विष्फोट, कमलपोखरीमा भने बालुवा भरिएको प्रेसरकुकर


GDP Nepal
   १० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । शुक्रबार साँझ काठमाडौं उपत्यकामा फेरि त्रास छाएको छ । ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ भने कमलपोखरीस्थित आँगन रेष्टुरेन्टअघि प्रेसर कुकर बम भेटिएको भनिए पनि बालुवा भरिएको पाइएको छ ।

बम बिस्फोटमा मानवीय क्षति नभए पनि केही व्यक्ति घाइते भएका छन् । नक्खु चोक नजीकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो ।

विस्फोटमा विप्लब नेतृत्वको नेकपाको हात हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार बम विष्फोटमा तीनजना घाइते भएका छन् । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको र सो बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको भनिए पनि कुकरभित्र बममात्र भेटिएको छ ।

प्रकाशित : १० फाल्गुन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह