Logo

Banner-news

ठेकेदारमाथि अख्तियारको निगरानी, १८ सय ठेक्कामा २४ अर्ब मोबिलाइजेसन पेश्की !


GDP Nepal
   १३ फाल्गुन २०७५, सोमबार


काठमाडौं । समयमै विकास निर्माणको काम पूरा नगर्ने निर्माण व्यवसायीमाथि सरकारको कारबाही सेलाए पनि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाएको छ ।

आयोगले पेश्की लिएर काम नगर्ने निर्माण व्यवसायीको सूची तयार पारेको जनाएको छ ।

मुलुकमा हालसम्म १ खर्ब १८ अर्ब रुपैयाँका १ हजार ८ सय ४८ वटा ठेक्का सम्झौताको अनुसन्धान गर्दा २४ अर्बभन्दा बढी पेश्की निर्माण व्यवसायीहरूलाई दिइएको पाइएको प्रमुख आयुक्त नवीनकुमार घिमिरेले जानकारी दिएका छन् ।

अख्तियारले पूर्वाधार विकाससँग सम्बन्धित सात मन्त्रालय अन्तर्गतका आठ वटा निकायहरूले उपलब्ध गराएका रुग्ण ठेक्काको विवरण अध्ययन गरेर यसरी तथ्यांक संकलन गरेको हो । ठेकेदारसँगै ठेक्का लगाउने तथा अनुगमन गर्ने सरकारी अधिकारीमाथि पनि अनुसन्धान भइरहेको घिमिरेले बताए ।

आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा संलग्न पदाधिकारी र कर्मचारीसँग बयान लिनसमेत सुरु गरेको छ ।

यस्तै, घुसकाण्डमा मुछिएलगत्तै राजीनामा दिएका आयोगका आयुक्त राजनारायण पाठकको अनुसन्धान प्रकिया सुरु भएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह