Logo

Banner-news

हाइड्रोपावरलाई सेयर लगानीकर्ताले मात्र नभै बैंकहरुले पनि पत्याउन छाडे


GDP Nepal
   १४ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । निजी जलविद्युत प्रवद्र्धकले निष्कासन गर्ने साधारण सेयरमा सर्वसाधारणको उत्साहपूर्वक आवेदन पर्न छाडेको वर्षौं भइसक्यो । तर, अहिलृ भने यस्ता हाइड्रोपावरलाई सेयर लगानीकर्ताले मात्र नभै बैंकहरुले पनि पत्याउन छाडेका छन् ।

नेपाल विद्युत प्राधिकरणका अनुसार मुलुकभरका १ सय २९ आयोजनाले विद्युत खरिद सम्झौता पीपीए गरेर पनि वित्तीय व्यवस्थापन गर्न सकेका छैनन् । यी आयोजना बैंकले लगानी नगर्दा वर्षौंदेखि अलपत्र अवस्थामा छन् ।

प्राधिकरणका अनुसार यी आयोजनाको उत्पादन क्षमता २ हजार ७ सय ५१ मेगावाट छ । साढे पाँच खर्ब लागत अनुमान गरिएका यी आयोजनाका लागि स्वपुँजी (इक्विटी) बाहेक करिब ४ खर्ब रुपैयाँ आवश्यक छ ।

विद्युत् प्राधिकरणले टेक एण्ड पे अनुसार पीपीए गर्नु र समयमै प्रसारणलाइन बनाउन नसक्दा बैंकहरुले लगानी नगरको प्रबद्र्धकहरुको भनाइ छ ।

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह