Logo

Banner-news

प्याराग्लाइडिङ गर्न पोखरा जानै पर्दैन, काभ्रे र सिन्धुपाल्चोकमै सुविधा


GDP Nepal
   २६ फाल्गुन २०७५, आइतबार


काठमाडौं । तपाइँ प्याराग्लाइडिङको शौखिन हुनुहुन्छ ? प्याराग्लाइडिङ भन्नेवित्तिकै तपाइँको मनमा झट्ट पोखराको सम्झना हुन्छ । तर, अब प्याराग्लाइडिङ गर्न पोखरासम्म पुग्नै पर्दैन ।

काठमाडौंका आसपास प्याराग्लाइडिङका सफल परीक्षणहरु धमाधम भइरहेका छन् । शनिबारमात्र काभ्रेको बेथानचोकमा पनि सफल परीक्षण भएको छ भने काठमाडौंको जहरसिंहपौवा तथा सिन्धुपाल्चोकको भोटेचौर क्षेत्रमा यसअघि नै परीक्षण सफल भइसकेको छ ।

यता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगगढी नगरपालिका–९, लामाचौरमा त व्यावसायिक रुपमै प्याराग्लाइडिङको सुरुआत गरिएको छ । काभ्रेका अन्य क्षेत्रमा पनि यसलाई व्यावसायिक रुपमा अघि बढाउने तयारी भइरहेको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सदरमुकाम नजिकैबाट प्याराग्लाइडिङ सञ्चालन गरिएको जनाइएको छ ।

साविक कदमबास गाविस, लामाचौरका स्थानीयवासीको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गठन गरी त्यसको शुभारम्भ गरिएको हो ।
हिमाली दृश्यका साथमा पहाडी भूभाग, नदीनालाका कारण यसबाट रोचक अनुभव गर्न सकिने जनाइएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह