Logo

वर्ल्डलिंकले मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा दिने !




काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व सीएसआरअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिंकका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी दिए । उनका अनुसार वर्ल्डलिंकले हाल विभिन्न तीन हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

सेवाग्राहीले एकपटकमा लगइन गरेपछि करीब १ घण्टा ३० मिनेट निःशुल्क रूपमा इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्यमुख्य स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यसैगरी अधिकांश स्थानीय तहमा इन्टरनेट पु¥याएको वल्र्डलिङ्कले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने प्रमुख कार्यकारी निर्देशक नेपालले जानकारी गराए ।

इन्टरनेट विस्तार गर्ने क्रममा वर्ल्डलिंकले चार महीनामा करीब १ लाख जनालाई सेवा सुविधा विस्तार गर्ने तयारी रहेको जनाइएको छ । ०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकका अहिले २ लाख ८० हजार सेवाग्राही रहेका छन् । तीन वर्षअघिसम्म कम्पनीका ३५ हजार मात्र सेवाग्राही रहेका थिए । प्रमुख कार्यकारी निर्देशक नेपालले दुर्गम क्षेत्रमा पनि इन्टरनेट पु¥याउन क्षमतासमेत विस्तार गरिएको जानकारी गराए ।

नेपालमा अनुसार कर्णाली प्रदेशका विकट जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुसहित अन्नपूर्ण बेसक्याम्पमा समेत यस वर्ष उच्च गतिको इन्टरनेट सेवा पु¥याइनेछ । यस्तै एक वर्षभित्रमा दार्चुला, बझाङ, बाजुरा, सोलुखुम्बु र ताप्लेजुङमा समेत आफ्नो इन्टरनेट सेवा विस्तार गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्