Logo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै धनी, कति छ सम्पत्ति ?




मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै धनी भएको अनुमान गरिएको छ । विश्वकै धनाढ्यको सूचीमा अमेजनका सेफ बेजोस रहे पनि अनौपचारिक तथ्यांकका आधारमा पुटिन सर्वाधिक धनी रहेको अनुमान गरिएको हो ।

पुटिनको अथाह सम्पत्तिबारे अनुमान गर्ने व्यक्ति हुन्– ल्यूक हार्डिङ । पेशाले पत्रकार ल्यूक हार्डिङ ‘कोलुसनःसेक्रेट मिटिङ, डर्टी मनी, एन्ड हाउ रसिया हेल्प्ड डोनाल्ड ट्रम्प विन’ का लेखकसमेत हुन् ।

ल्यूक हार्डिङले नै भ्लादिमिर पुटिन सम्भवतः विश्वकै धनी व्यक्ति भएको बताएका छन् ।

उनी भन्छन्– रूसमा पुटिन र पैसा प्रतिबन्धित विषय हुन् । मैले राष्ट्रपतिय प्रशासनभित्रका स्रोतमा आधारित भएर २००७ मा समाचार लेखेको थियो । उनीहरूले उक्त समयम गुपचुप रूपमा पुटिनसँग ४० अर्ब डलरको सम्पत्ति भएको बताएका थिए । उक्त समय भनेको १ दशकअगाडिको हो ।

रूस विश्वकै ठूलो तेल उत्पादक मुलुक हो र रूसी राज्यको उच्च तहका मानिसहरू धेरैजसो बहुअर्बपति रहेका छन् । पुटिनको आधिकारिक तलब वार्षिक १ लाख डलर भएपनि उनी यो पिरामिडको उच्च तहमा रहेका छन् ।

रूसी तेल कम्पनी सर्गुट्नेफ्टेगाजमा ३७ प्रतिशत र प्राकृतिक ग्यास कम्पनी गाजप्रोममा ४.५ प्रतिशत पुटिनको नियन्त्रण भएको अनुमान लगाइएको छ ।

वस्तु कारोबारी गुनभोरमा पनि उनको स्वामित्व रहेको हुन सक्ने बताइएको छ । २०१२ मा उनको अनुमानित सम्पत्ति ७० अर्ब डलर थियो ।

हाल रूसी कुलिनमा जो–कोहीले पनि पुटिन लामो समयदेखि धनी मानिस भएको बताउँदै आएको ल्यूक हार्डिङले बताए । तर, औपचारिक रूपमा उनको कुनै सम्पत्ति छैन र उनले राखेको सबै चिज फर्जी हो । उनीहरू मध्येका केही हाल अमेरिकी प्रतिबन्धमा परेका छन् ।

पुटिनले आफ्नो सम्पत्तिलाई तरलताका रूपमा प्रयोग गर्दै आएका छन् । अन्ततः उनले यो सम्पत्ति आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्