Logo

कर्पोरेट-बजार

बजाजको उल्टो अफरः किनेपछि जित्ने होइन, जितेपछि किन्ने !


GDP Nepal
   ३ चैत्र २०७५, आइतबार


काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजनाअन्तर्गत बजाज उल्टो अफर सार्वजनिक गरेको छ ।
कम्पनीले किनेपछि जित्ने होइन, जितेपछि किन्ने भन्ने नारासहित नयाँ वर्षको योजना सुरु गरेको हो ।
बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउदै आइरहेको छ । यस पटकबजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृति भन्दा केहि भिन्न प्रकारको अफर ल्याएको जनाएको छ ।
पहिले ग्राहकहरुले केहि सामान खरिद पश्चिात मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पाउनेछन् ।
उल्टो अफर योजनाअन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगदजित्न सक्छन् ।
ग्राहकले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरि यो योजनाको लाभ लिन सक्नेछन् ।
यस योजनाको शुभराम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने– बजाजले ग्राहकहरुका लागि विभिन्न अफर र योजना ल्याएर उत्साहित बनाउदै आएको छ । ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले यस नयाँ वर्ष २०७६ को अवसरमा बजाज उल्टो अफर ल्याएको हो । यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्ने छन् । हामीले यस्तो प्रकारको योजना पहिलो पटक ल्याएका हौँ ।

प्रकाशित : ३ चैत्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह