Logo

Banner-news

बुद्ध एयरको १० औं एटीआर जहाज भित्रियो


GDP Nepal
   ५ चैत्र २०७५, मंगलबार


काठमाडौं । बुद्ध एयरले आफ्नो १० औं एटीआर जहाज खरीद गरेको छ । कुल १२ वटा जहाज रहेको बुद्धको यो १० औं एटीआर हो ।

७२ सिट क्षमताको यो जहाज फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको हो । यसको कलसाइन नाइन एन एएमवाई छ । सोमबार राति यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन्, जसमा सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ ।

नयाँ जहाजको रङ्गरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महीनादेखि उडान भर्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।
थपिएको जहाजले नियमित मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पु¥याउने छ ।

जहाज थपिएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान वृद्धि गर्ने कम्पनीले जनाएको छ । यसअघि भारतको वनारसमा उडान भर्दै आएको बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकातामा पनि उडान भर्नेछ ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह