Logo

Banner-news

नवीन्द्रराज जोशी भन्छन्– ओली सरकारलाई विदेशी लगानीकर्ताले विश्वास गर्दैनन् !


GDP Nepal
   ११ चैत्र २०७५, सोमबार


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री पूर्वमन्त्री नवीन्द्रराज जोशीले सरकारले पर्याप्त छलफल र तयारीबिना नै लगानी सम्मेलन गर्न लागेको टिप्पणी गरेका छन् । दुई वर्षअघि लगानी सम्मेलनको सफल आयोजना गरेक अनुभवी जोशीले सरकार चलाउने पार्टीमाथिको अन्तर्राष्ट्रिय विश्वसनीयता नरहेको बताए ।

लगानी सम्मेलनबारे आफ्नो धारणा सार्वजनिक गर्न आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जोशीले सम्मेलनका लागि शोकेसमा राखिएका आयोजनाको छनोटसमेत हचुवाका भरमा भएको बताए ।

पत्रकार सम्मेलनमा जोशीलगायत योजनाविद् गोविन्दराज पोख्रेल, बैंकर राजु नेपाल, अर्थशास्त्री दधि अधिकारीलगायत ।

जोशीकै अग्रसरतमा सन् २०१७ मा भएको लगानी सम्मेलनमा निकै उत्साहका साथ स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १४ खर्ब रुपैँया बराबरको लगानीको प्रतिवद्धता जनाएका थिए ।

जोशी भन्छन्– त्यतिबेला लगानी सम्मेलनलाई समेत केन्द्रित गर्दै सरकारले केही सुधारका प्रयासहरु शुरु गरेको थियो, सबैमा देशमा अब लगानीको माहोल बन्ने भयो भन्ने विश्वासको वातावरण बनेको थियो । तीनै तहका निर्वाचन पश्चात् सरकार गठन भएपछि ती नीतिगत र प्रक्रियागत सुधारका क्रमहरुले निरन्तरता पाउनेछन् र लगानीका अप्ठ्याराहरुलाई कमी गरिनेछ, त्यतिबेला गरिएका प्रतिवद्धताहरु कार्यान्वयनमा जानका लागि मेहनत गरिनेछ भन्ने आशामा तुषारापात हुन पुगेको छ ।
जोशीका अनुसार उपलब्ध तथ्याङ्कहरुले प्रतिवद्धता र कार्यान्वयनबीचका खाडलको निराशाजनक अवस्था देखाएको छ । लगानी सम्मेलनका लागि सरकारबाट बाहिर ल्याइएका आयोजनाका सूची हेर्दा पनि सरकारले सम्बन्धित सरोकारवाला र विज्ञहरुसँग पर्याप्त मात्रामा छलफल नभएको स्पष्ट देखिन्छ ।

सम्मेलन सफल बनाउन उनले सुझाव पनि दिएका छन् । जसमा आर्थिक उदारीकरण र प्रक्रियागत सरलीकरण हुनुपर्ने, उद्योग प्रशासनमा औद्योगिक सुशासनको व्यवस्था हुनुपर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा नै हुनुपर्ने, एकविन्दु सहजीकरणमा कर, भन्सार, अध्यागमन नेपाल राष्ट्र बैँकबीच समन्वय हुनुपर्ने लगायत छन् ।

यस्तै, अनलाइन सेवा (विद्युतीय भुक्तानी र विद्युतीय हस्ताक्षरको सर्वसुलभता), समय सीमाभित्र लगानी स्वीकृत हुुनुपर्ने आवश्यकता, देशभित्रको शक्ति पृथकीकरणमाथिको विश्वसनीयता, राजनीतिक वातावरण, सुरक्षाको प्रत्याभूतिमा जोड दिन उनले सुझाव दिए ।

लगानी फिर्ताको सुनिश्चितता हुनुपर्ने तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी ऐन कानून निर्माण भएको अवस्था भन्दै उनले भ्रष्टाचार र व्यावसायिक वातावरण र शेयर बजारमा आएको गिरावट आएको स्मरण गराए । बढ्दो शोधनान्तर घाटाका कारण भोलिका दिनमा आफ्नो लगानी फिर्ता लैजान नसकिएला कि भन्ने डरतर्फ पनि जोशीले सजग गराएका छन् ।
अघिल्लो लगानी सम्मेलनमा गरिएका लगानी प्रत्याभूतिको सोधखोज नभएकोमा चिन्ता व्यक्त गर्दै लगानी फिर्ता लाने सम्बन्धमा व्यावहारिक कठिनाई रहेको तथा हुँदै गरेको लगानी सम्मेलनमा छानिएका आयोजनाहरुको लागत र नाफा विश्लेषण, अध्ययन नगरिएको उनको भनाइ छ ।

प्रकाशित : ११ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह