Logo

Banner-news

हुवावे रोक्ने अमेरिकी प्रयास असफल, बेलायत र जर्मनीले पनि टेरेनन्


GDP Nepal
   ११ चैत्र २०७५, सोमबार


चीन । चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी तथा युरोपेली मुलुकमा प्रवेश रोक्ने अमेरिकी प्रयास असफल भएको छ । अमेरिकाको विश्वासपात्र मानिएका बेलायत र जर्मनीले नै हुवावेमाथि प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेका छन् ।

यससँगै अब हुवावेका फाइभ–जीको भविष्यका बारेमा अमेरिका र युरोपबीच द्वन्द्व बढ्न थालेको छ । ट्रम्पको प्रशासनले युरोपलगायतका आफ्ना मित्रराष्ट्रहरूमाथि हुवावेमा प्रतिबन्ध लगाउन दबाब दिइरहेको छ ।

समाचारहरुमा जनाइएअनुसार जर्मनीको फाइभ–जी स्पेकट्रमको बिक्री गत मंगलबार सुरु भएको छ । अमेरिकी आग्रहलाई बेवास्ता गर्ने जर्मनी एक्लो युरोपेली मुलुक भने होइन । इटाली सरकारले पनि आफ्नो दूरसञ्चार उद्योगबाट हुवावेलाई प्रतिबन्ध नलगाउने बताइसकेको छ । हुवावेका उपकरण प्रयोगबाट देशलाई कुनै सुरक्षा खतरा हुने कुनै प्रमाण नभेटिएको इटालीले जनाएको छ ।

अमेरिकाले हुवावेको नेटवर्किङ उपकरण चिनियाँ सरकारले जासुसीका लागि प्रयोग गर्न सक्ने आरोप लगाउँदै आएको छ । हुवावेले भने आफ्ना उपकरणहरूबाट कुनै जोखिम हुने विषय अस्वीकार गर्दै आएको आफ्ना उपकरणहरूबाट कुनै जोखिम हुने विषय अस्वीकार गर्दै आएको छ ।

फाइभ–जी प्रविधिले मोबाइल इन्टरनेटाई छिटो बनाउने मात्रै होइन कि यो स्मार्ट सिटीहरूमा र चालकविहिन कारमा समेत प्रयोग हुन्छ । यो मामिलामा अमेरिका नेतृत्व गर्ने पक्षमा देखिएको छ भने चीन पनि सोही किसिमको भूमिकाका लागि लालायित देखिएको छ ।

बेलायतमा पनि जासुस अधिकारीले हुवावेबाट हुन सक्ने कुनै पनि जोखिमलाई नियन्त्रण गर्न सकिने बताइसकेको फाइनान्सियल टाइम्सले फेब्रुअरीमा प्रकाशित गरेको समाचारले उल्लेख गरिसकेको छ । अन्य दूरसञ्चार क्यारियरहरले पनि हुवावेलाई फाइभ–जीबाट बहिष्कार गर्न नसकिने जनाएका छन् । हुवावेलाई प्रतिबन्ध लगाउँदा करोडौं पाउन्डको क्षति हुने र फाइभ–जीको लन्चमा ढिलाइ हुन सक्ने बेलायतमा मुख्यालय रहेको भोडाफोनले पनि बताइसकेको छ ।

अमेरिकी आग्रहको बेवास्ता गर्नेमा युरोपेली मुलुक मात्रै रहेका छैनन् । अमेरिकी मित्र थाइल्यान्डले पनि फेब्रुअरीमा हुवावेकै माध्यमबाट फाइभ–जीको परीक्षण गरिसकेको छ । भारतले पनि केही भागमा हुवावे प्रयोग गर्ने बताए पनि पूर्ण प्रतिबन्ध नलगाउने भने जनाइसकेको निकी एसियान रिभ्यूले यसै महिना उल्लेख गरिसकेको छ ।

प्रकाशित : ११ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह