Logo

त्रिशूली थ्री बीको आईपीओमा १८ गुणा आवेदन




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदन गरेर सुरु गरेको माथिल्लो त्रिशूली थ्री बीको साधारण सेयरमा अपेक्षाभन्दा निकै बढी आवेदन परेको छ । सरकारले अघि सारेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत यो पहिलो आयोजना हो ।

चैत ७ गतेदेखि बिक्री सुरु भएको कम्पनीको शेयरमा ६६ करोड ३३ लाख ६३ हजार २ सय रुपैयाँ बराबरको आवेदन परेको छ । अन्तिम विवरण आउन बाँकी रहे पनि १ लाख ५५ हजार ४७४ आवेदकले ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका छन् ।

कूल रकमका आधारमा करीब दुई गुणा बढी र आवेदन भएको सेयर संख्याका आधारमा भने करीब १८ गुणा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको जारी पूँजी २ अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको १०० अंकित दरका ३७ लाख पाँच हजार साधारण शेयरमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री शुरु भएको हो ।

आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रु १०० अंकित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्