Logo

Banner-news

विश्वका घुम्नै पर्ने २५ गन्तव्यको सूचीमा काठमाडौं १९ औं, दक्षिण एसियाको भने पहिलो !


GDP Nepal
   १३ चैत्र २०७५, बुधबार


काठमाडौं । विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट ट्रिप एडभाइजरले नेपालको राजधानी काठमाडौंलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ ।

ट्रिप एडभाइजरले २५ गन्तव्य सार्वजनिक गरेको छ भने यो सूचीको पहिलो नम्बरमा बेलायातको लण्डन र दोस्रोमा फ्रान्सको पेरिसलाई राखेको छ ।

काठमाडौंलाई १९ औं नम्बरमा राखेको ट्रिप एडभाइजरले भनेको छ काठमाडौं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा काठमाडौं रहेको छ ।

काठमाडौंका बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ ।

उत्कृष्ट २५ को सूचीमा दक्षिण एसियाबाट काठमाडौंपछि भारतको जयपुर २० औं स्थानमा परेको छ । लाखौं समीक्षा र होटल, रेष्टुरा तथा आकर्षणको आधारमा ट्रिप एडभाइजरले यो सूची सार्वजनिक गरेको हो ।

इन्डोनेसियाको सहर बाली पाँचौ स्थानमा रहेको छ र थाइ रिसोर्ट अफ फुकेट छैटौ स्थानमा परेको छ ।
उत्कृष्ट १० को सूचीमा बार्सिलोना सातौ, इस्तानबुल आठौ, माराकेच नवौ र दुबई १० औं स्थानमा परेका छन् ।

प्रकाशित : १३ चैत्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह