Logo

Banner-news

कच्चा तेलको मूल्य ३२ प्रतिशत बढ्यो, इरान र भेनेजुयलाविरुद्ध अमेरिका झन कठोर


GDP Nepal
   १८ चैत्र २०७५, सोमबार


अमेरिका (एजेन्सी) । विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो तीन महिनामा ३२ प्रतिशतले बढेको छ । इरान र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्ध थप कठोर भएसँगै कच्चा तेलको मूल्य बढेको हो ।

समाचारहरुमा जनाइएअनुसार जनवरीदेखि मार्च महिनाको अवधिमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशत वृद्धि भएको छ ।

अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट ०.५ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ६०.४४ डलर भएसँगै
अघिल्लो सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको पनि समाचारमा उल्लेख छ ।

ओपेक र अरु मुख्य तेल उत्पादक राष्ट्रहरुले पनि उत्पादन कटौती गरेका छन् ।

अमेरिकाले तेलको व्यापार गर्ने कम्पनी र रिफाइनरीहरुलाई भेनेजुएलासँग सम्झौताहरु कम गर्दै लैजान आग्रह गरेको छ । त्यसो नगरिए त्यस्ता व्यापारिक फर्ममाथि अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ ।

ओपेक र यसका गठबन्धन मुलुकहरु जस्तै रुसबीचको सम्झौतामा प्रतिदिन करिब १२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने उल्लेख छ । यो सम्झौता गत जनवरी १ बाट कार्यान्वयनमा आएकाले पनि तेलको मूल्यमा क्रमिक रुपमा वृद्धि हुन थालेको छ ।

अमेरिकी तेल उत्पादन पनि मध्य फेब्रुअरीदेखि स्थिर छ । अमेरिकी सरकारको शुक्रबार प्रकाशित एक प्रतिवेदनमा विश्वकै ठूलो तेल उत्पादक राष्ट्र अमेरिकाको तेल उत्पादन जनवरी महिनामा प्रतिदिन १ करोड १९ लाख ब्यारेल रहेको देखाइएको छ ।

प्रकाशित : १८ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह