Logo

धनीको शोखः पिज्जा पनि लन्डनबाट मगाउँछन् नाइजेरियाली




नाइजेरिया (एजेन्सी): संसारका केही धनीहरुको शोख पनि निकै अनौठो हुन्छ । कोही सामान्यभन्दा पनि सामान्य जीन्दगी बिताउन चाहान्छन् भने कोही सबैभन्दा बिलासी जीवनशैलीमा रमाउन चाहान्छन् ।


प्रसंग हो अफ्रिकी मुलुक नाइजेरियाको । केही धनी नाइजेरियाली नागरिकले लन्डनबाट पिजा अर्डर गरी ब्रिटिस एयरवेजबाट ल्याएर खाने गरेको खुलासा भएको छ ।
यस्तो खुलासा गर्ने नाइजेरियाली सरकारी मन्त्री नै हुन् ।

“तपाईंलाई थाहा छ महाशय, केही नाइजेरियनले लन्डनबाट पिजा आयात गर्नका लागि आफ्नो सेलफोन प्रयोग गर्ने गरेका छन्,” नाइजेरियाका कृषिमन्त्री अउडु ओग्बेले भने । “लन्डनमा खरिद गरिन्छ, बिहानीको समयमा ब्रिटिस एयरवेजबाट यसलाई ग्रहण गर्ने गरिन्छ,” उनले भने ।
“यो सा¥है चिढ्याउने अवस्था हो,” उनले थपे । यस किसिमको अवस्थाको अन्त्य गरिनुपर्ने कदमा चाल्नुपर्ने भएको उनले बताए ।

यस किसिमको अर्डर गर्ने नाइजेरियालीहरूको नाम भने उनले लिएनन् । उनीहरू पिजाका लागि अन्य कसैको माध्यमबाट पिजा लिनका लागि लन्डन जान्छन् वा जाँदैनन् भन्ने विषय अभैm स्पष्ट भएको छैन ।
नाइजेरियाले आयातमाथिको आफ्नो निर्भरता कटौती गर्ने प्रयास गरिरहेको समयमा ओग्बेको यस्तो टिप्पणी आएको हो । बढ्दो आयातले स्थानीय किसानहरूलाई नोक्सानी पुग्ने गरेको ओग्बेहले बताएको नाइजेरियाको न्यूज साइट द केबलले जनाएको छ ।

आयातमा निर्भर हुँदै आएको नागरिकमाथि ओग्बेले आक्रोशसमेत व्यक्त गरेका छन् । आयातीत सामानको प्रयोग गर्नु नाइजेरियालीका लागि आफ्नो स्ट्याटसको संकेत हुने गरेको छ ।

केही नागरिक आफ्नो दैनिक आवश्यकताका वस्तु चामल, गोलभेडाको सस आदि आयात गर्ने गर्छन् । यसले उनीहरूको स्तर, वर्ग देखाउने र उनीहरू आयातित वस्तु मात्रै खाने उपल्लो दर्जाका मानिसमा गनिने गरेको आग्बेले बताएको डेली मेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्