Logo

सूचना/प्रविधि

फेसबुक विज्ञापनमै भाजपाले खर्चियो सवा १० करोड


GDP Nepal
   २६ चैत्र २०७५, मंगलबार


नयाँदिल्ली (एजेन्सी): भारतमा सत्तारुढ भारतीय जनता पार्टीले फेसबुक विज्ञापनका लागि करिब १ हजार १ सय विज्ञापनमा ३६.२ लाख भारु खर्च गरेको छ । यो खर्च करिब २ महिनाको बीचमा भएको हो ।

फेसबुक एन्ड लाइब्रेरी रिपोर्टका अनुसार यो वर्ष फेब्रुअरी तथा ३० मार्चको बीचमा भएको ५१ हजार ८ सय १० राजनीतिक विज्ञापनमा ४०.३० करोड भारुभन्दा बढी खर्च भएको छ ।

यसमा बीजेपी र उसका समर्थकले विज्ञापनको ठूलो हिस्सा खर्च गरेका छन् । विज्ञापन राजनीति तथा राष्ट्रिय महत्वको मुद्दासँग सम्बन्धित भएको फेसबुकले जनाएको छ ।

बीजेपीले यसको तुलनामा कांग्रेसले ४ सय १० वटा विज्ञापन दिएको छ र यसमा ५.९१ लाख रुपैयाँ खर्च गरेको छ । यसैगरी बीजु जनता दलले विज्ञापनमा ८.५६ लाख, तेलुग देशम पार्टीे १.५८ लाख रुपैयाँ तथा राष्ट्रवादी कांगैसले करिब ५८ हजार रुपैयाँ खर्च गरेका छन् ।

पार्टीले यसलाई संकल्पपत्रको नाम दिएका छन् । ११ अप्रिलको पहिलो चरणको मतदानको तीन दिनपहिलेदेखि नै यसलाई नयाँ दिल्लीमा जारी गरिने भएको छ ।

कांग्रेसले पहिले नै आफ्नो घोषणापत्र जारी गरिसकेको छ । आइतबार कांग्रेसले आफ्नो चुनावी अभियान ‘अब होगा न्या’ सुरु गरिसकेको छ ।

प्रकाशित : २६ चैत्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह