Logo

Banner-news

‘कुमारी’ जुगलमा पहिलो मानव पाइला, प्रदेश र स्थानीय सरकारले खर्चिए ५० लाख


GDP Nepal
   २७ चैत्र २०७५, बुधबार


सिन्धुपाल्चोक । राजधानीबाट सबैभन्दा नजिकको हिमाल जुगललाई हिजोसम्म मानव पाइला नपरेको अर्थात् कुमारी हिमाल मानिन्थ्यो । राजधानीवासीका लागि हिमाल कस्तो हुन्छ भनेर आँखैले हेर्न सकिने ६ हजार १ सय ५१ मिटर उचाईको यो हिमालको शिखरमा मंगलबार भने मानव पाइला परेको छ ।

जुगल हिमाल

समाचारहरुमा जनाइएअनुसार चैत १५ गतेबाट सुरु गरिएको आरोहण मंगलबार १६ औं दिनमा आरोहण सफल भएको हो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा गएको टोलीले चुचुरो चुमेको हो ।

टोलीले जुगलको ग्याल्जेन पिक चुचुरो आरोहण गरेका हुन् । मायाका साथै पर्यटन व्यवसायी मिलन तामाङ, शर्मिला थापाले सफल आरोहण गरे । जुगल गाउँपालिका ३ साविक गुम्बा गाविसमा यो हिमाल पर्दछ ।

टोलीले मंगलबार अपरान्ह ५ बजेर २० मिनेटको समयमा सफल आरोहण गरेको थियो ।

हिमपातले मौसम बिग्रँदा आरोहण टोली लक्ष्यभन्दा दुई दिन ढिला भएको थियो । यात्राको समय लम्बिँदा लगेको खाद्यान्न सकिएकाले राजधानीबाट हेलिकोप्टरमा खानेकुरा आरोहण टोलीका लागि लगिएको थियो ।

यो हिमाल राजधानी काठमाण्डौबाट १४५ किलोमिटर (सडक तथा पैदल) दुरीमा रहेको छ । जुगल गाउँपालिका वडा नं ३ को उत्तरी भेगमा रहेको यस हिमश्रृखंलामा २ दर्जनभन्दा बढी चुचुरोमध्ये ग्याल्जेन पिक सबैभन्दा अग्लो चुचुरो हो ।
जुगल आरोहणका लागि प्रदेश सरकारले ४० लाख र जुगल गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेको थियो ।

प्रकाशित : २७ चैत्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह