Logo

Banner-news

इमरान खान मोदीको पक्षमा, मोदी फेरि प्रधानमन्त्री बनुन् भन्ने पक्षमा


GDP Nepal
   २८ चैत्र २०७५, बिहिबार


इस्लामावाद (एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खान भारतको आसन्न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीको पक्षमा उभिएका छन् । खानले भाजपाका नरेन्द्र मोदी नै फेरि प्रधानमन्त्री बन्नसक्ने बताएका छन् ।

मोदी फेरी प्रधानमन्त्री भएमा दुई देशबीच शान्ति वार्ताको सम्भावना पनि हुने उनले बताएका छन् ।

इमरान खान र नरेन्द्र मोदी

भारतमा लोकसभाको पहिलो चरणको निर्वाचन बिहीबार सुरु हुँदैछ । बुधबार विदेशी पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री खानले भने, “यदि भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेमा पाकिस्तानसँग वार्ता गर्न डराउन सक्छ ।”

कांग्रेस भारतको दक्षिणपन्थी पार्टीसँग डराउने खानले बताए । खानले भने, “भाजपा दक्षिणपन्थी पार्टी हो र उसले जितेमा कस्मिरको विषयमा वार्ता अघि बढ्न सक्छ । यद्यपि भारतका मुसलमानहरूले आफूलाई मोदीसँग पूरै असुरक्षित महसुस गरिरहेका छन् ।”

खानले भने, “अहिले भारतमा जे भइरहेको छ त्यसबारे मैले कहिल्यै सोचेको थिइनँ । भारतमा मुसलमानको पहिचानमा हमला भइरहेको छ । मोदी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुजस्तै छन् । उनी डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।”
इमरान खानले भाजपाले जम्मु–कस्मिरको विशेष दर्जा हत्याउन खोजेको भन्दै यो असाध्यै चिन्ताजनक भएको बताएका छन् । उनले यसलाई अनुचित कार्य पनि भनेका छन् ।

१९४७ मा बेलायती उपनिवेशबाटबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बनेका थिए । त्यतिबेलादेखि नै भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध छ । त्यसको केन्द्र अहिलेसम्म पनि कस्मिर नै बनेको छ ।

गत १४ फेब्रुअरीमा जम्मु कस्मिरको पुलवामा भारतीय सीमा सुरक्षाकर्मीमाथि आतंकवादी हमला भएपछि दुई देशबीच शत्रुवत् व्यवहार अझै उत्कर्षमा पुगेको थियो ।

आक्रमणकारी जैश–ए–मोहम्मद समूहलाई पाकिस्तानको संरक्षण रहेको भन्दै भारतले पाकिस्तानी भूमिमा २६ फेब्रुअरीमा हवाई आक्रमण गरेको थियो । आक्रमणबाट आतंकवादीको मुख्यालय ध्वस्त पारेको दाबी भारतले गरे पनि पाकिस्तानले भने सो आक्रमणबाट जंगलका रूख बिरुवामा मात्र क्षति पुगेको बताउँदै आएको छ ।

सोही क्रममा पाकिस्तानले भारतीय वायु सेनाको एउटा विमान जमिनमा खसाल्नुका साथै त्यसका पाइलट अभिमन्यूलाई समेत नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै भारत पछि हटेको थियो । त्यसपछि पाकिस्तानले ती पाइलटलाई ससम्मान रिहा गरिदिएको थियो ।

प्रकाशित : २८ चैत्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह