Logo

Banner-news

बैंकले मनपरी ढंगले ब्याजदर वृद्धि गर्ने मनोमानी अन्त्य हुनैपर्छ


GDP Nepal
   ३० चैत्र २०७५, शनिबार



भवानी राणा

तपाईहरू सबैको अथक मेहनतबाट आज यहाँसम्म आइपुगेको महासंघको गौरवपँर्ण ५३ औं वार्षिक साधारण सभा आफैमा एक महत्वपँर्ण पर्व हो । महासंघले आज राष्ट्रिय अन्तराष्ट्रिय तहमा आफँलाई नेपालको निजी क्षेत्रको एक सशक्त संस्थाको रूपमा स्थापित गराएको छ । यस अवसरमा महासंघलाई यहाँसम्म ल्याउन आ–आफ्नो कार्यकालमा महत्वपँर्ण योगदान पु¥याउनु हुने हाम्रा सबै आदरणीय अग्रजहरूप्रति हार्दिक आभार प्रकट गर्दछु, उहाँहरूको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा सहयोग तथा सल्लाहको आशा गर्दछु ।


सिंगो निजी क्षेत्रको कुम्भ मेलाको रूपमा लिइने महासंघको वार्षिक साधारण सभाबाट मुलुकलाई समृद्धिको मार्गमा अगाडी बढाउन बलियो संदेश दिन हामी सफल हुने विश्वास लिएको छु । निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघले आफ्नो बलियो संजाल मार्फत राष्ट्रिय अर्थतन्त्रमा रक्त प्रवाह गराउन बलियो धमनीको काम गरेको छ । महासंघले सरकारका हरेक प्रयासमा बलियो साथ दिएको छ । मुलुकभित्र भएको आमुल राजनीतिक परिवर्तनमा महासंघले अग्रभागमा रहेर सहयोग गर्नुको साथै मुलुक अत्यन्त कठिन अवस्थामा पुग्दा समेत राष्ट्रिय अर्थतन्त्रलाई दँर्घटनाबाट बचाएको बलियो इतिहास हामीसँग छ । कठिन अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न अग्रभागमा रहेर काम गर्नु भएका सम्पँर्ण उद्यमी व्यवसायीहरूमा म यस अवसरमा हार्दिक सम्मान गर्न चाहान्छु ।

सम्माननीय प्रधानमन्त्रीज्यँ, समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सफल बनाउने अभियानमा हुनुहुन्छ । नेपाली जनताको चाहना बमोजिम आर्थिक विकास गरी त्यसलाई पुरा गर्ने दृढ प्रतिज्ञा उहाँमा छ । सम्माननीय प्रधानमन्त्रीज्यँको दृढ इच्छाले हामी निजी क्षेत्रलाई समेत उत्साहित बनाएको छ । निरन्तर कर्म क्षेत्रमा लाग्न बल मिलेको छ । निजी क्षेत्रलाई सदैव विश्वासमा लिएर काम गर्नुपर्ने मान्यता राख्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यँको आर्थिक समृद्धि र आर्थिक विकासको अभियानमा हामी निजी क्षेत्र सारथी बन्न तयार छौं, सहयोग गर्न प्रतिबद्ध छौं ।

काठमाडौमा आयोजित लगानी सम्मेलन र हालै डाभोसमा आयोजित वल्र्ड इकोनोमिक फोरमको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यँको विशेष उपस्थिति र प्रस्तुतीले नेपालमा लगानीको वातावरणका विषयमा विश्व समुदायलाई यथेष्ट जानकारी गराउन भरपुर सहयोग पुगेको हाम्रो विश्लेषण छ ।

नेपाल लगानी सम्मेलन भर्खरै सम्पन्न भयो । ठँलो संख्यामा बाह्य लगानीकर्ताहरूको सहभागितामा सम्मेलन भव्यतापँर्वक सम्पन्न भएकोमा सम्माननीय प्रधानन्त्रीज्यँमा हार्दिक बधाई दिन चाहान्छु । सम्मेलन आयोजकको एक हिस्सा बन्ने अवसर महासंघलाई पनि प्राप्त भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यँमा हार्दिक धन्यवाद दिन चाहान्छु । साथै सरकारले अगाडी बढाएको भिजिट नेपाल २०२० लाई सफल पार्न पनि महासंघको सदैव साथ र सहयोग रहने प्रतिवद्धता जनाउँदछु ।

समग्रमा सम्मेलनको समिक्षा गर्दा नेपालमा रहेका लगानीका अवसरहरूको जानकारी विश्व समुदायलाई गराउन, मुलुकको लगानीमैत्री छवि निर्माण गर्न, सरकारी निकायहरूलाई जिम्मेवार बनाउन, नेपालमा जुनसुकै क्षेत्रमा लगानी गरे पनि नाफा हुने, राजनीतिका साथै नीतिगत स्थिरता रहेको, वैदेशिक लगानी भित्रयाउन कानुनी र प्रक्रियागत सुधार गरी वातावरण तयार रहेको संदेश विश्व समुदायलाई दिन हामी सफल भएका छौं । सम्मेलन मार्फत सरकारी र निजी क्षेत्र दुवैले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आव्हान गरेका छौं । सबैले नेपालमा रहेको अवसरलाई आत्मसात् गर्न अपिल गरेका छौं ।

सम्माननीय प्रधानमन्त्री स्वयम्ले पनि नेपाल लगानी सम्मेलनलाई संबोधन गर्दै अन्तराष्ट्रिय लगानीकर्ताहरू समक्ष आर्थिक नीति र विदेशी लगानी स्वागतका हिसाबले नेपाल उदार मुलुक भएको, लगभग सबै क्षेत्रमा शतप्रतिशत लगानी खुला रहेको, कर छुटको सुविधा पनि कानुनमै उल्लेख गरिएको, जनसांख्यिक लाभ भएको, अर्थतन्त्रका सँचकांक राम्रो रहेकाले नेपालमा लगानी गर्नु जोखिमरहित रहेको, उद्योग व्यवसाय र लगानीसम्बन्धी विवाद ाबकत तचबअप बाट छिनोफानो गर्ने न्यायिक प्रणाली रहेको स्पष्ट पार्नुभएको छ ।
हामीले विदेशी लगानीकर्ताहरूलाई लगानीका लागि आव्हान गरिरहँदा स्वदेशमा लगानीका क्रममा देखापरेका केही वास्तविक अप्ठेराहरू सम्माननीय प्रधानमन्त्रीज्यँ समक्ष राख्ने अनुमती चाहान्छु ।

सम्माननीय प्रधानमन्त्री अहिले पनि बिना लगानीको प्रतिफल खोज्ने प्रवृत्ति देशैभर व्याप्त छ । स्थानीय समुदाय–उद्योग, व्यवसायप्रति उत्साहित, सकारात्मक र सहयोगी बन्न सकेको पाइदैन । लगानीका लागि पर्याप्त पुँजीको अभाव छ । सेयर बजारको अवस्था उत्साहजनक छैन । जमिन किनेर उद्योग, व्यवसाय गर्दा लागत अत्यधिक हुने अवस्था छ । भौतिक पँर्वाधार निकै कमजोर छ जसका कारण हाम्रो अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन सकिएको छैन र हाम्रो व्यवसायिक लागत पनि बढीरहेको छ । विश्व बैंकको हालैको डुइङ बिजनेस प्रतिवेदनले समेत त्यसलाई पुष्टि गर्दछ ।
अर्को मुलुकभित्र वर्षौदेखि संचालित उद्यम व्यवसायका विषयमा सरकारका जिम्मेवार निकायबाट अनेकन गैर जिम्मेवारपँर्ण अभिव्यक्तिहरू आउँदा स्थानीय तहमा व्यसायिक अन्यौलता बढ्नुका साथै व्यवसाय विस्तार गर्ने सोंचमा रहेका लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । सिंगो राष्ट्रनै लगानी आकर्षणका लागि लालयीत रहेको यो समयमा लगानी आकर्षणका लागि मुख्य बाधकको रूपमा देखा परेका यस्ता अप्ठेराहरूलाई तत्तकाल संबोधन गर्न म विशेष आग्रह गर्दछु ।

जलस्रोत, कृषि, पर्यटन, सँचना प्रविधि र पँर्वाधार नै मुलुकको समृद्धिका प्रमुख क्षेत्रहरू हुन । यी क्षेत्रको अधिकतम विकास मार्फतनै मुलुकले समृद्धि हासिल गर्ने हाम्रो बलियो विश्वास छ । राज्यलनै क्ष्मभलतषथ गरेका यी क्षेत्रहरूकोे विकास गरी अगाडी बढाउन सुशासन, उचित नीति कानँनहरू र तीनको कार्यान्वयन, सशक्त वित्तिय क्षेत्र, पारदर्शी कर प्रणाली, बलियो पँर्वाधारनै समृद्धिका आधारहरू रहेकाले सरकारले म यस अवसरमा समृद्धिमा यी आधारहरूलाई बलियो पार्न सम्मानीय प्रधानमन्त्रीज्यँ समक्ष आग्रह गर्दछु ।

अहिले मुलुकका लागि ठँला पँर्वाधार आयोजनामा प्रत्यक्ष वैदेशिक लगानी आवश्यक छ । स्वदेशी पँँजीबाट निर्माण गर्न नसकिने ठँलठँला पँर्वाधार जस्तो अन्तर्राष्ट्रिय विमानस्थल, सडक, फास्ट ट्रयाक, जलविद्युत रेल लगायतको क्षेत्रमा विदेशी लगानी आमन्त्रण गर्नुपर्दछ । स्वदेशी लगानीबाटै संचालन भैरहेका र गर्न सकिने क्षेत्रमा विदेशी लगानी आवश्यक नपर्ने र बरू उनीहरूको क्षमता अभिवृद्धिका लागि प्रविधिगत रुपमा कसरी गउमबतभ गराउन सकिन्छ त्यसतर्फ राज्यको सहयोग हुन सक्यो भने स्वदेशी उद्यमी व्यवसायीहरूले निकै धेरै अयलतचष्दगतष्यल गर्न सक्छन् भन्ने हाम्रो यो २५–३० वर्षको अनुभवले समेत देखाई सकेको छ । हाम्रा आवश्यकताका क्षेत्रहरू जहाँ स्वदेशी पँँजीले मात्र त्यो कार्य सम्भव छैन त्यस्ता क्षेत्रमा विदेशी लगानी भित्रयाउनु पर्ने र विदेशी लगानी ल्याउँदा ऋबकज मै ल्याउने तर्फ राज्यको पहल हुनुपर्नेमा हाम्रो जोड छ ।
हामीले निकै मेहनतका साथ सिंगो राष्ट्रनै लागेर सम्मेलन सफलतापँर्वक सम्पन्न ग¥योै । सम्मेलनबाट हामीलाई थुप्रै प्रतिवद्धता पनि आएको छ । कतिपयले नेपालमा लगानी गर्ने विश्वास पनि दिलाएका छन् । अब यसलाई हामीले नेपालको समृद्धिमा उपयोग गर्ने कार्यमा एक मिनेट पनि ढिलो गर्न हुंदैन । विगतमा भएका सम्मेलनबाट पाएका अनुभव समेतलाई मनन गर्दै नेपालमा लगानी गर्न इच्छुक देशहरूबाट लगानी तथा प्रविधि आकर्षण गर्न देहायका कार्यहरू तत्काल थाल्नु पर्ने हाम्रो सुझाव छ ।

आर्थिक कुटनीतिको उचित परिचालनः
अहिले पनि हाम्रा विदेशस्थित नियोगहरूले प्रभावकारी भँमिका निर्वाह गर्न नसकेको महसुस सिंगो देशलेनै गरेको छ । केही औपचारिक कार्यक्रम बाहेक नियोगहरूबाट प्रभावकारी कार्य सम्पादन हुन सकेको छैन । हामीसँग विभिन्न समयमा भएका औपचारिक भेटवार्ताका क्रममा राजदँतहरूबाट व्यक्त भावना समेतलाई ध्यानमा राख्दै अब हाम्रा नियोगहरूलाई पनि निश्चत जिम्मेवारी दिएर त्यसका आधारमा उनीहरूको कार्य मुल्यांकन गर्ने प्रथाको शुरूवात गरिनै पर्दछ । हाम्रा नियोगहरू मार्फत ती देशहरूका सम्भावित लगानीकर्ताहरू र नेपाली उद्यमी व्यवसायीहरू बीच बेलाबेलामा भेटघाट गराउने, उनीहरूलाई विश्वासमा लिने, नेपालको नीतिगत व्यवस्था, करका संरचना लगायतका विषयमा उनीहरूलाई विश्वस्त पार्ने लगायतका विशेष कार्य जिम्मेवारी दिनुपर्दछ । कार्यमँल्यांकन उनीहरूको कार्यकालमा नेपालमा आएको लगानी तथा व्यापार विस्तार समेतलाई आधार मानेर गर्ने प्रथाको शुरूवात गरियोस ।

गैरआवासीय नेपालीसँगको सहकार्यः
विभिन्न मुलुकहरूमा बसोबास गरेका नेपालीहरू नेपालको समृद्धिका लागि साँचो अर्थमा महत्वपँर्ण निधि हुन । उनीहरूले विदेशमा आर्जन गरेको ज्ञान, शीप, पँंजी एवं उनीहरूको नेटवर्किङ मुलुकको विकासमा भरपुर उपयोग गर्न सकिन्छ । तसर्थ गैर आवासीय नेपालीहरूको समेत साथ लिई ती देशहरूबाट मुलुकभित्र लगानी, प्रविधि, विकासका मोडलहरू भित्रयाउने कार्यमा सरकारले विशेष पहल गरोस ।

मुलुकका लागि यतिखेर पर्याप्त औद्योगिकीकरण मार्फत रोजगारी सृजना, उद्यमशीलता प्रवद्र्धन गर्नु आवश्यक छ । निजी क्षेत्रको साथ नलिइकन यो सम्भव छैन । अहिले लगानी गरिरहेका उद्योगपति, व्यवसायीले थुप्रै समस्या भोगिरहेका छन् । स्थानीय तहमा अहिलेपनि उद्यमी व्यवसायीहरूले थुप्रै समस्या भोगिरहेका छन् । चिया टिप्ने मुख्य सिजनमा यतिखेर पँर्वका चिया बगानका मजदुरहरू विभिन्न मागहरू राखी हड्तालमा जाँदा निकै ठँलो आर्थिक नोक्सानी राज्यलाई भैरहेको छ । सामाजिक सुरक्षा ऐनको व्यवहारिक समस्या, फर्म दर्ता नविकरणका समस्या, जवरजस्ती चन्दा, प्यानका समस्या, ब्याजदरको समस्या, नापतौलका समस्या, अहिले पनि जीउका तीउ छन् । स्थानीय, प्रदेश र संघीय सरकारको करका विषय समाधान भएका छैनन ।

बैकिङ ब्याजदरकै विषयलाई लिएर पछिल्लो पटक केही समस्या उत्पन्न पनि भयो । समस्या समाधानका लागि हामी सम्माननीय प्रधानमन्त्रीज्यँ समक्ष पनि पुग्नुपर्ने परिस्थिति उत्पन्न भयो । हाम्रो भनाई के हो भने बैकिङ क्षेत्रबाट उद्योग व्यवसाय क्षेत्रलाई प्रवाह भएको ऋण र त्यसका व्याजका विषयमा एउटा बैज्ञानिक आधार तय होस नकि बैंकले चाहेको बेलामा मनपरी ढंगले व्याजदर वृद्धि गर्ने मनोमानी हुन सकोस ।

उद्योगी व्यवसायीले जोखिम लिएर नाफा कमाएर कर तिरेका हुन्छन् । करदातालाई सम्मानको व्यवहार हुनुपर्ने कुरामा हामीले सरकारमा पटकपटक भन्दै आएका छौं । अनुगमनका नाउँमा अहिले व्यवसायीहरूको मानमर्दन हुने कार्य भैरहेको छ । अनुगमनमा हाम्रो विमति होइन तर कसैलाई दोषी सावित गर्नु पहिल्यै उसको सामाजिक बेइजति गर्ने परिपाटीको अन्त्य र दोषी ठहर भएपछिमात्र कारबाही गर्ने वातावरण बन्नु पर्नेमा हाम्रो विशेष जोड छ । यस गरिमामय समारोहमा मुलुकभरबाट आउनु भएका उद्यमी व्यवसायी साथीहरूको भावनालाई समेत समेट्दै मुलुकभित्र देखा परेका उपरोक्त यावत समस्याहरुको समाधान गरी स्वदेशी लगानीकर्ताको मनोवल उच्च बनाउन सम्माननीय प्रधानमन्त्रीज्यँ समक्ष विशेष आग्रह गर्दछु ।

सम्माननीय प्रधानमन्त्रीज्यँबाट हामी निजी क्षेत्रसँगको हरेक भेटघाटमा उद्योगी व्यवसायीका सुझावका आधारमा नीति कानँनको सुधार सहित समस्या समाधान गर्ने विश्वास दिलाउनु हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यँबाट प्राप्त आश्वासन अनुसार हामी समस्या समाधान हुने र हाम्रा सुझावहरू सरकारी नीति कानँनमा समावेश हुने अपेक्षा पनि गर्दछौं । तर हामीले दिएका हरेक सुझावहरू कुनै पनि नीति कानँनहरूमा समेटिएर नआउन,े यो समस्या कहाँनिर छ हामी प्रधानमन्त्रीज्यँको यसमा विशेष पहल होस भन्ने अपेक्षा गर्दछौं ।

सम्माननीय प्रधानमन्त्री, राष्ट्रिय योजना आयोगले १५ औं योजना हालै सार्वजनिक गरेको छ । समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालिन सोंच लिएर आएको योजनाले अगाडी सारेको दीर्घकालिन सोंचको मार्गचित्रले हामीलाई सांच्चिकै उत्साहित बनाएको छ । आगामी पन्ध्रौं योजनाले लिएका लक्ष्यलाई पुरा गर्न ५ वर्षका लागि करिव ९२ खर्व लगानीको आवश्यकता रहेको औल्याइएको छ । पन्ध्रौं योजनाले दोहोरो अंकको आर्थिक बृद्धिको लक्ष्य लिएको छ । योजनागत विकासको यस अवधिमा भएका उपलव्धीहरूलाई समेत मँल्यांकन गर्दै राष्ट्रले तय गरेका लक्ष्यलाई भेटाउन मुलुकभित्र लगानीको वातावरणमा आमुल परिवर्तन गरी युद्धस्तरमा काम गर्नुपर्ने हाम्रो विश्लेषण छ ।


मुलुकको पछिल्लो आर्थिक अवस्था त्यति संतोषजनक छैन । व्यापार घाटा उच्च रूपमा बढेको छ । निर्यातको अंश केही बढे जस्तो देखिएपनि आयातको तुलनामा त्यो निकैनै कम छ । हाम्रा निर्यातयोग्य वस्तुहरू साँघुरिदै गएका छन् । यस्तो अवस्थामा मुलुकभित्र काम गरिरहेका उद्यमी व्यवसायीहरूमा उत्प्रेरणा दिने प्याकेजहरूः जस्तो स्वदेशी बस्तुको उपभोग बढाउने, बैंकिङ ऋण र कच्चा पदार्थ आयातमा सहुलियत दिने, निर्यातमा अनुदान दिने, बढी रोजगार सृजना गर्ने उद्योग व्यवसायलाई बढी सहुलियत दिने, दक्ष जनशक्ति उपलव्ध गराउने, कृषिको उत्पादकत्व बढाउन “कृषक आकर्षक” प्याकेजहरू दिने, करको समस्यामा वर्षौदेखि परेका साना व्यवसायीहरूको ब्याज मिनाहा गरी पुनः व्यवसाय संचालन गर्ने वातावरण बनाईदिने र उद्योगी व्यवसायीहरूसँग समयसमयमा प्रत्यक्ष संवाद गरी उनीहरूका सुझाव अनुसार समस्या समाधानको पहल सरकारबाट हुन सके स्वदेशी उद्योग फस्टाउने हाम्रो दरिलो विश्वास छ । यसर्थ म सम्माननीय प्रधानमन्त्रीज्यँमा यसतर्फ विशेष पहल हुन आग्रह गर्दछु र यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यँलाई सहयोग आवश्यक भएमा त्यो उपलब्ध गराउन महासंघको प्रतिबद्धता समेत जाहेर गर्दछु ।

उद्यमी व्यवसायी साथीहरू,
आर्थिक विकासको अभियानलाई हामीले केन्द्रबाट शुरूवात गर्नुभन्दा पनि स्थानीय तहबाटै शुरु गर्नुपर्छ भन्नेमा महासंघले जोड दिंदै आएको छ । प्रत्येक गाउँटोलमा मानिसहरूलाई स्टार्टअपको माध्यमबाट उद्यमी बनाएर मात्र यो सफल हुने हाम्रो बलियो विश्वास छ । आर्थिक विकासको अभियानलाई अव स्थानीय तह, प्रदेश तहबाट सशक्त ढंगबाट उठाउनै पर्छ ।
मुलुक अव समृद्धिको अभियानमा अगाडी बढी सकेको छ । सम्माननीय प्रधानमन्त्रीज्यँले हामी निजी क्षेत्रबाट आर्थिक विकासको बलियो नेतृत्वको अपेक्षा गर्नुभएको छ । बार्षिक साधारण सभाका हाम्रा सबै गतिविधिहरू समृद्धिकै एजेण्डामा केन्द्रीत हुनेछन् । समृद्धिको अभियानलाई मुलुकका कुनाकुनासम्म पु¥याउनमा तपाईँहरू सच्चा राजदुत हुनुहुने मेरो विश्वास छ । वार्षिक साधारण सभाबाट तपाईहरू यही संदेशका साथ आ–आफ्ना कार्य क्षेत्रमा गई आर्थिक विकासको अभियानमा सक्रियतापँर्वक लाग्नु हुने मेरो विश्वास छ ।


नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बिहीबार महासंघको ५३ औं साधारणसभामा गरेको सम्बोधनको सम्पादित अंश

प्रकाशित : ३० चैत्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह