Logo

Banner-news

प्रधानमन्त्रीको दुस्वप्नको मूल्य राज्यले चुकाउँदै: बुटिक एयरपोर्टका नाउँमा ५२ करोड खर्चंदै !


GDP Nepal
   १ बैशाख २०७६, आइतबार


काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भद्रगोल अवस्थामा छ । विमानस्थल विस्तारको आधा दशक पुरानो काम सकिएको छैन भने धावनमार्गको कालोपत्रे फेर्न भन्दै दैनिक ८ घन्टा विमानस्थल बन्द गरिँदा नेपाल भ्रमण वर्ष २०२० नै प्रभावित हुने अवस्थामा छ ।

तर, सरकारले आज यस विमानस्थललाई ‘बुटिक विमानस्थल’ घोषणा गरी निमार्णको काम सुरु गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा आलीले नयाँ वर्षको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल घोषणा गर्ने भएका हुन् । जसअनुसार नेपालका सम्पदा झल्कने चित्र राखिनेछन् भने पर्यटकलाई ग्रीन टी बाट स्वागत हुनेछ ।

विमानस्थलमा यसअघि नै कार्पेट बिछ्याउने कामको खुबै प्रचार गरिएको थियो भने मठमन्दिर, कलाकृति, कुमारी, सगरमाथालगायतका ठूला तस्बिरहरूले सजाउने काम पनि भएको छ । भ्रमण वर्ष चिनाउनका लागि सेल्फी प्वाइन्ट पनि स्थापना गरिएको छ ।

अब भने पहिलो चरणमा इँटामा सिलिकोन रंग लगाउने, नेपाली संस्कृति झल्काउने मूर्ति राख्नेदेखि सरसफाईमा ध्यान दिने र दोस्रो चरणमा आन्तरिक विमानस्थलसम्म नेपालको संस्कृति चिनाउने वस्तुले सजाइने छ ।

यसका लागि ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । जसमा ७ करोड बजेट निकासा भइसकेको छ भने थप ४५ करोड रुपैयाँ माग भएको छ ।

प्रकाशित : १ बैशाख २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह