Logo

Banner-news

राष्ट्रपति नहुँदा लाप्राक नमूना बस्ती हस्तान्तरण हुन सकेन


GDP Nepal
   १४ बैशाख २०७६, शनिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका कारण गोरखाको लाप्राकस्थित नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रोकिएको छ ।
वैशाख १२ को अवसर पारेर भूकम्पप्रभावितलाई हस्तान्तरण गर्ने योजना रहे पनि राष्ट्रपति भण्डारी अघिल्लो दिन नै चीन प्रस्थान गरेका कारण कार्यक्रम स्थगित भएको हो ।

गैरआवासीय नेपाली संघले निर्माण गरेको यो नमूना बस्तीमा ५७३ वटा घर रहेका छन् । संघले नेपालमा गएको महाविनाशकारी भूकम्पको चौथो वर्षको अवसर पारेर गोर्खाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा निर्माणाधिन लाप्राक नमूना वस्तिको अवलोकनका साथै लाभग्राहीहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

लाप्राक नमूना बस्ती । तस्बिरः जेपी श्रेष्ठ

संघका अध्यक्ष भवन भट्टले भुकम्प पीडितको लागि निर्माण भएको नमुना बस्ती छिट्टै विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने बारे जानकारी दिए । भट्टले वस्ती बनेको गुप्सीपाखामा सामुदायिक भवन लगायतका अन्य संरचना, पूर्वाधार आदिका कुराका लागि पहल भईरहेको बारे अवगत गराए ।

नमूना बस्तीको रंगरोगन सहित बाह्य संरचनाको सम्पूर्ण काम सकिएको छ । निर्माण कार्यमा नेपाली सेनासमेत संलग्न छ ।

लाप्राकमा ५७३ घरको निर्माण सकिएर अन्तिम चरणको संरचनागत विकासको काम भइरहेको छ । प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अब सम्पन्न हुने क्रममा रहेको भट्टको भनाइ छ ।

प्रकाशित : १४ बैशाख २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह