Logo

Banner-news

गौतमबुद्ध विमानस्थल समयमै पूरा नहुने, बुटवल उपमहानगरले गिटी बालुवा दिएन


GDP Nepal
   १७ बैशाख २०७६, मंगलबार


काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै पूरा नहुने भएको छ । विमानस्थल निर्माणको काम तीब्र गतिमा भइरहे पनि निर्धारित लक्ष्य भेटाउन गाह्रो रहेको आयोजना व्यवस्थापनले जनाएको छ ।

अर्कोतर्फ विमानस्थल निर्माणका लागि नदीजन्य सामग्रीमा एक्कासी कर बढाएर बुटवल उपमहानगरपालिकाले भाँजो हालेको छ । एउटै जिल्लामा बन्ने राष्ट्रिय गौरवको आयोजनाप्रति उपमहानगरको रवैयाप्रति सबैले आलोचना गरेका छन् ।

गत चैतमा उपमहानगरले आयोजनालाई १७ हजार २ सय २८ घन मिटर परिमाणको नदीजन्य निर्माण सामाग्री उपलब्ध गराउने सम्झौता गरेको थियो ।

विमानस्थलको भौतिक निर्माणसम्बन्धी काम सम्पन्न हुनुपर्ने मिति असार १३ अर्थात जुन २८ हो । तर, अहिलेसम्मको प्रगति हेर्दा यो दुई महिनामा विमानस्थलको काम नसकिने देखिन्छ ।

विमानस्थलको धावनमार्गको काम ५० प्रतिशतमात्रै सकिएको छ । धावनमार्गसँगै टर्मिनल भवन, प्रशासकीय भवन र टावरको संरचना निर्माण भइरहेको छ । मुख्य धावनमार्गबाट ट्याक्सी वेमा जाने बाटो पनि निर्माण तथा एप्रोन पनि निर्माण सम्पन्न भएको छ ।

प्रकाशित : १७ बैशाख २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह