Logo

Banner-news

चीन छाडेर २ सय अमेरिकी कम्पनी भारत आउँदै


GDP Nepal
   १७ बैशाख २०७६, मंगलबार


नयाँदिल्ली (एजेन्सी): भारतमा जारी लोकसभा निर्वाचनपछि अमेरिकी लगानी बढ्ने भएको छ । २ सय अमेरिकी कम्पनीले चीन छाडेर भारत आउने रुचि देखाएका हुन् ।

यी अमेरिकी कम्पनी आफ्नो निर्माणकेन्द्र चीन छोडेर भारत लैजान इच्छुक देखिएका छन् । अमेरिका–भारत सम्बन्धलाई बलियो बनाउने विषयको वकालत गर्दै आएको स्वयंसेवी समूह यूएस–इन्डिया स्ट्राटेजिक एन्ड पार्टनरसिप फोरमले यस्तो बताएको हो ।

चीनको सट्टा अन्य विकल्पको खोजी गरिरहेका कम्पनीका लागि भारतमा सानदार अवसर भएको फोरमले जनाएको छ ।

समूहका अध्यक्ष मुकेश अघिले भने, “कैयौं कम्पनीले मसँग कुरा गरिरहेका छन् । उनीहरूले भारतमा लगानी गरेर कुन किसिमबाट चीनको विकल्प तयार गर्न सकिन्छ भनेर मसँग सोधिरहेका छन् ।”

“समूहले नयाँ सरकारले सुधार प्रक्रियामा पारदर्शिता होस् भन्ने सुझाव दिएको छ,” उनको भनाइ थियो ।

अघिले एक अन्तर्वार्तामा भनेका छन्, “मलाई लाग्छ, यो संवेदनशील हो । हामी प्रक्रियामा अधिक पारदर्शिता ल्याउन तथा १२–१८ महिनामा यसलाई अधिक परामर्श योग्न बनाउने सुझाव दिन्छांै । ई–कमर्स, डाटाको स्थानीय भण्डारणजस्ता पैmसलामा अमेरिकी कम्पनीहरू स्थानीय कारण नमानेर अन्तर्राष्ट्रिय कारण मानिरहेका छन् ।”

लगानी आकर्षित गर्नका लागि नयाँ सरकारले के गर्नुपर्छ भनी सोधिएको प्रश्नमा अघिले भने, “भारतको नयाँ सरकारले सुधारको गतिलाई तीव्र गर्नु आवश्यक छ । निर्णय लिने प्रक्रियामा पनि पारदर्शिता ल्याउनु आवश्यक छ र धेरै पक्षसँग परामर्श लिने विषयमा जोड दिनु आवश्यक छ ।”

उनले भारत तथा अमेरिकाबीचको खुला व्यापार सम्झौताको पनि वकालत गरेका थिए ।

प्रकाशित : १७ बैशाख २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह