Logo

Banner-news

मजदुर दिवसः औद्योगिक शान्तिमा महासंघ नेतृत्वको जोड


GDP Nepal
   १८ बैशाख २०७६, बुधबार


काठमाडौं । १३० औ अन्र्तराष्ट्रिय मे दिवसको अवसरमा निजी क्षेत्रका प्रतिनिधिहरुले पनि शुभ–कामना व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र महासंघको रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले यस अवसरमा विज्ञप्तिमार्फत शुभकामना व्यक्त गरेका छन् ।


भवानी राणा

आफ्नो शुभ–कामना मन्तव्यमा अध्यक्ष राणाले भनेकी छन्–
ऐतिहासिक राजनीतिक परिवर्तन पछि मुलुक अहिले सामाजिक रूपान्तरण र समृद्धिको दिशातिर उन्मुख भएको छ । उच्च दरको आर्थिक बृद्धिका माध्यमबाट मुलुकलाई विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने जिम्मेवारी हाम्रै हातमा छ । श्रम र प“ूजीको उच्चतम परिचालनबाट मात्र हामीले अपेक्षा गरेको समृद्ध नेपाल सुखी नेपालीको नाराले मूर्तरूप लिन सक्दछ भन्ने वास्तविकतालाई मनन गरी थप समझदारी र सहयोगका साथ काम गर्नु पर्ने कुरामा जोड दिन चाहान्छु ।
रोजगारदाता र ट्रेड यूनियन बीचकोे सम्बन्धले नया“ आयाम लिएको सन्र्दभमा संवाद र सहकार्यलाई थप निरन्तरता दिदै दीगो आर्थिक विकास र औद्योगिक शान्तिको साझा लक्ष्य प्राप्तिका लागि सहकार्य गर्न यो मे दिवसले हामी सबैलाई थप उत्प्रेरित गर्ने विश्वास लिएको छु ।

चन्द्र प्रसाद ढकाल

यसैगरी, महासंघको रोजगारदाता परिषदका सभापति ढकालले भनेका छन्–
विभिन्न आरोह र अवरोह पार गर्दै हामी आज यो अवस्थामा आई पुगेका छौ । श्रम जगतका लागि विशेष महत्व राख्ने मे दिवसको अवसरमा श्रम सम्बन्ध सुधारतर्फ भईरहेको प्रयास र हामीले गर्दै आएको सहकार्यको स्मरण गर्न चाहान्छु ।
दैनिक जसो ठूलो संख्यामा यूवाजन शक्ति रोजगारीको लागि विदेशिन परिरहेको अवस्थामा मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौती हाम्रो सामू छ । उद्योगको विस्तार र लगानी वृद्धि गर्न आवश्यक अनुकूल वातावरण बनाउन हामी रोजगारदाता र ट्रेड यूनियन बीचको थप समझदारी र सहकार्यले विशेष महत्व राख्दछ । आपसी छलफल र संवादका माध्यमबाट श्रम सम्बन्धी समस्याको समाधान गर्दै दीगो औद्योगिक शान्ति स्थापना गर्न बल पुग्ने विश्वास सहित सबै श्रमिक मित्रहरूको समुन्नतिको कामना गर्दछु ।

प्रकाशित : १८ बैशाख २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह