Logo

Banner-news

सडक विभागका महानिर्देशक शर्मा मध्यरातमा छड्के अनुगमन गर्दै


GDP Nepal
   २० बैशाख २०७६, शुक्रबार


काठमाडौं । करिब एक महिनाअघि सडक विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका केशवकुमार शर्मा बिहीबार रातभर सडक पिचको अनुगमन निर्माण र जेब्रा क्रस कोर्नमा व्यस्त रहे ।

शर्माले बिहीबार राति साढे ९ बजेदेखि साढे १२ बजेसम्म काठमाडौंमा कसरी सडक मर्मत र जेब्रा क्रसिङ निर्माणको काम भइरहेको छ भन्ने तस्बिरहरु पोष्ट गरेका छन् ।

शर्माका अनुसार उनी आकस्मिक निरीक्षणमा गएका थिए । उनले थीरबम सडकमा रोड मार्किङ तथा जेबौ क्रसिङको काम भइरहेको अनुगमन गरेको आफ्नो फेसबुकमा उल्लेख गरेका छन् भने नक्साल भगवती सडकमा भइरहेको ओभर ले को पनि अनुगमन गरेका थिए ।

यस्तै, महानिर्देशक शर्माले रिङरोड र रातोपुल क्षेत्रमा क्र्याक रिपेयरको पनि एकै रातमा अनुगमन गरेका छन् । उनले उक्त स्थानका तस्बिर र भिडियोसमेत पोष्ट गरेका छन् ।

सडक विभागमा लामो समय उपमहानिर्देशकको जिम्मेवारी सम्हालेका शर्मा अनुभवी इन्जिनियर हुन् ।

प्रकाशित : २० बैशाख २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह