Logo

Banner-news

प्रचण्डको कार्यक्रमको अपनत्व ओलीले लिएनन्, कृषि परियोजना पुनरावलोकन गर्ने


GDP Nepal
   २१ बैशाख २०७६, शनिबार


प्रचण्डको कार्यक्रमको अपनत्व ओलीले लिएनन्, कृषि परियोजना पुनरावलोकन गर्ने
काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पालामा सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केपी ओली नेतृत्वको सरकारले पुनरावलोकन गर्ने भएको छ ।

दुई वर्षअघि यो कार्यक्रम सुरु गर्दा दाहाल प्रधानमन्त्री थिए भने ओली प्रमुख प्रतिपक्षी दलका नेता । समयक्रमसँगै ओली र दाहालको पार्टी एकता भए पनि ओलीले यो कार्यक्रमप्रति अपनत्व महशुस गर्न सकेका छैनन् । यसअघि सार्वजनिक मञ्चबाटै कृषि कार्यक्रममा प्रधानमन्त्रीको नाम जोडेकोप्रति उनले असन्तुष्टि जनाइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यो कार्यक्रमको पुनरावलोकन गर्ने स्पष्ट पारिएको छ । कृषि क्षेत्रका कार्यक्रमको प्रभावकारिता विश्लेषण गरी पुनरावलोकन गरिने कृषकलाई उपलब्ध गराइने अनुदानबाट वास्तविक कृषकले लाभ लिनसक्ने बनाउन हालको अनुदान प्रणालीमा व्यापक सुधार गरिने सरकारले जनाएको छ ।

यस्तै, निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेती प्रणालीमा परिणत गरिने उल्लेख छ । कृषकलाई समयमै उन्नत बीउ, मल तथा कृषि प्रसार सेवा उपलब्ध गराइने, स्थानीय मौलिक ज्ञान, प्रविधिको संरक्षण र सम्वद्र्धन गरी प्राङगरिक खेती प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

कृषिलाई प्रविधिमैत्री, व्यावसायिक, उच्च प्रतिफलदायी एवं मर्यादित पेशाका रूपमा रूपान्तरण गरी युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम ल्याइने तथा कृषिको औद्योगिकीकरण गरी कृषिमा आश्रित जनसङ्ख्यालाई कृषि उद्योग, मूल्य शृङ्खलाका तहहरू र कृषि सेवा क्षेत्रमा स्थानान्तरण गरिने उल्लेख छ ।

यस्तै, सरकारले अहिले प्रमुख खाद्यान्न बालीको उत्पादनमा १० प्रतिशतले वृद्धि भएको तथा कूल सिँचाइयोग्य भूमिमध्ये ८१ प्रतिशत भूभागमा सिँचाइ सुविधा पु¥याइएको निर्धारित समयअगावै भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको उल्लेख गरेको छ ।

प्रकाशित : २१ बैशाख २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह