Logo

Banner-news

राजधानीमा प्रहरीकै डाक्टर लुटिइन्, सिसिटिभीमा देखियो लुटेरा तर पक्राउ परेन !


GDP Nepal
   २२ बैशाख २०७६, आइतबार


काठमाडौं । गतसाता काठमाडौंको गोकर्णेश्वर यातायातबाट एक महिलाको ब्याग लुटेर भाग्ने चोर सिसिटिभी क्यामेरामा देखिए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । लुटिएकी युवती सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा. राज्य खड्का हुन् ।

वैशाख १४ गते उनी गोकर्णेश्वर यातायातको २५६८ नम्बरको बसमा साँखु हुँदै रत्नपार्क जाने क्रममा लगभग साढे पाँच बजे बौद्ध टुसालबाट लुटिएकी हुन् । गाडीभित्रैबाट एक व्यक्तिले डा. खड्काको झोला बोकेर भागेका थिए, जुन सिसी क्यामेरामा प्रष्टै देखिन्छ ।

लुटपाट गरेर भाग्दै गरेको युवक

खड्काका अनुसार उक्त व्यागभित्र महत्वपूर्ण कागजातसहित ल्यापटप, क्यामरा र हार्ड ड्राइभ थियो । डा. खड्काका बुबा मधुसुदन खड्काले दिएको जानकारी अनुसार वैशाख १४ उक्त घटनालगत्तै प्रहरीमा उजुरी गर्दासमेत प्रहरीले उजुरी लिन मानेन र भोलिपल्ट लिखित उजुरी गरे पनि उक्त व्यक्ति पक्राउ पर्न सकेका छैनन् ।

बसमा दुईओटा झोला बोकेकी डा. खड्काको एउटा झोला सँगै सिटमा बसेकी महिलाले राखिदिन्छु भनेर लिइन् । त्यसपछि बसका खलासी आएर ¥याकमा राखिदिन्छु भन्दै आफैंले ¥याकमा राखिदिए ।

डा. खड्काले ‘मेरो झोला याद गरिरहनु है दाइ’ भनेर पटकपटक भनिरहिन् । बौद्ध कटेपछि उनको फोन आयो, फोनमा कुरा हुँदाहुँदै बस ह्यात होटल नजिकै पुग्दा उक्त व्यक्तिले उनको झोला बोकेर भाग्यो ।
तत्काल खोजी गर्दा दुईजना युवकले उनलाई लाहुरे टोलतिर भाग्यो भन्दै उता लगेको तर चोर अर्कै बाटो लागेको सिसी टिभीमा देखिएको छ । चोर सुरुमा हयाततिर भागेको र पुनः फर्केर बौद्धतिर लागेको अनि कुमारी कलेज जाने बाटोमा छिरेको देखिन्छ । त्यसपछि भने एक्कासी बत्ती निभेकाले थप दृश्य देखिएन ।

घटनापछि तत्काल प्रहरी प्रभाग बौद्धमा निवेदन दर्ता गराउन जाँदा सोही दिन निवेदन दर्ता नगरेको र भोलिपल्टमात्रै दर्ता गरेको खड्काको गुनासो छ । सीसी टिभी फुटेजमा चोरको हुलिया स्पष्ट देखिंदा पनि किन यतिका दिनसम्म पत्ता लागेन यो नै आश्चर्यको विषय बनेको खड्काको भनाइ छ ।

डा. खड्काको झोलामा ल्यापटप, क्यामरा, पर्सका साथै उनको महत्वपूर्ण कागजाते थियो । हालै मात्रै चीनबाट एमबीबीएस उत्तीर्ण गरेर आएकी उनी सशस्त्र प्रहरी अस्पतालमा कार्यरत छिन् । अझैसम्म अभियुक्त पत्ता लाग्न नसकेकोमा सम्बन्धित पक्षले गहिरो दुःख व्यक्त गरेको छ र यथाशीघ्र पत्ता लगाउन पनि आग्रह गरेको छ ।

प्रकाशित : २२ बैशाख २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह