Logo

बिजनेस होम

संसारकै महँगो पढाईः चिनियाँ अर्बपतिको छोरी भर्नामा साढे ७३ करोड !


GDP Nepal
   २३ बैशाख २०७६, सोमबार


बेइजिङ (एजेन्सी)ः छोराछोरीको पढाइमा अभिभावक कसरी ठगिन्छन् भन्ने एक उदाहरण बनेका छन् एक चिनियाँ धनाढ्य परिवार ।

चिनियाँ अर्बपतिको परिवारले छोरी युसी झाओलाई स्ट्यानफोर्ड युनिभर्सिटीमा भर्ना गर्नका लागि कन्सल्टेन्टलाई ६५ लाख डलर अर्थात् ७३ करोड ४५ लाख रुपैयाँ बुझाएका छन् ।

समाचारअनुसार युसी झाओ चीनका अर्बपति झाओ ताओका छोरी हुन् । ताओ सेनडोङ बुचङ फर्मा कम्पनीका अध्यक्ष हुन् ।

झाओ ताओ र उनकी छोरी

झओकी आमाले आफ्नो वकिलको माध्यमबाट कलेज कन्सल्टेन्ट विलियम रिक सिङरको आपूm धोकाघडीको सिकार भएको बताएकी छन् । उनले आपूmले युनिभर्सिटीलाई चन्दा दिइरहेको र यो आवश्यक ठानिएका मानिसले पढ्न पाउने ठानेकी थिइन् ।

कन्सल्टेन्ट सिङर अमेरिकाको सर्वाधिक ठूलो कलेज एडमिसन घोटालाका प्रमुख आरोपी हुन् । यो वर्षको मार्चमा उक्त घोटालाको खुलासा भएको थियो । सिङ्गर र उनका सहयोगी धोकाघडी तथा षड्यन्त्र रच्ने विषयमा दोषी पाइएका छन् ।
यसै महिना सजायको घोषणा गरिने भएको छ । सिङगरले आपूmले चाहेको कलेजमा भर्ना गराउनका लागि विद्यार्थीको परिवारबाट ठूलो धनराशि लिएका थिए । चन्दाको रकम कलेज कर्मचारीको तलब, छात्रवृत्ति तथा खेलकुदमा खर्च गरिनेछ भनेर उनले भूmट बोलेका थिए ।

झाओको परिवारमाथि कुनै आरोप लगाइएको छैन । अदालतको दस्तावेजमा पनि उनका कुनै नाम लिइएको छैन । तर, मार्चमा आरोपीलाई गिरफ्तार गरिएपछि अमेरिकी वकिलले एक परिवारले आरोपीलाई ६५ लाख डलर दिएको बताएका थिए ।
यो घोटालाबाट सम्बन्धित कुनै छात्रको परिवारले दिइएको सबै भन्दा ठूलो रकमको खुलासा भएको छ । अब यो खुलासा भएको छ कि उनी झाओको परिवारको सदस्य थिइन् ।

अमेरिकी एजेन्सी एफबीआईले यो मामिलामा ५० मानिसलाई गिरफ्तार गरेको छ । यसमा ३३ परिवार रहेका छन्, जसमध्ये कोइ सेलेब्रिटिज, हाइ–प्रोफाइल वकिल, लगानीकर्ता र धनी व्यक्ति समावेश छन् । यी मानिसले आफ्नो मन परेको कलेजमा बच्चालाई भर्ना गर्नका लागि लाखौं डलर खर्च गरेका छन् ।

*यसअघि प्रकाशित समाचारको शीर्षकमा साढे ७३ करोड हुनुपर्नेमा त्रुटी भएकाले सच्याइएको छ -सम्पादक

प्रकाशित : २३ बैशाख २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह