Logo

Banner-news

अमेरिकामा ७०५ अर्बपति, चीन, जर्मनी र रूसका अर्बपतिभन्दा बढी !


GDP Nepal
   २९ बैशाख २०७६, आइतबार


वासिङ्टन (एजेन्सी): संसारकै सबैभन्दा शक्तिराष्ट्र अमेरिकामा कुल ७०५ अर्बपति रहेको र यो संख्या चीन, जर्मनी र रूसका अर्बपतिहरुको संख्या जोड्दाभन्दा पनि बढी रहेको पाइएको छ ।

वेल्थ एक्स बिलिनियर सेन्सस, २०१९ अनुसार विश्वमा २ हजार ६ सय ४ अर्बपति रहेका छन् । यसको एकतिहाइ अमेरिकामा बसोबास गर्दै आएका छन् । अर्बपतिको संख्या वृद्धि भएको क्षेत्रमा उत्तर अमेरिका मात्रै रहेको छ ।

गत वर्ष विश्वव्यापी अर्बपतिको संख्यामा ५.४ प्रतिशतले कमी आएकोमा अमेरिकामा भने ४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा गत वर्ष अर्बपतिको संख्या ६ सय८० बाट ७०५ पुगेको प्रतिवेदनले देखाएको छ । २ सय ८५ अर्बपतिको संख्या सहित चीन विश्वकै दोस्रो बढी अर्बपति भएको मुलुक भएको छ ।

अमेरिका कुल अर्बपतिको सम्पत्तिमा ५ प्रतिशतको हाराहारीमा गिरावट आए पनि यो अभैmपनि अन्य ८ सर्वाधिक धनी मुलुकको संयुक्तभन्दा बढी रहेको वेल्थ एक्सले जनाएको छ ।

चीन, जर्मनी, रूस, बेलायत, स्विट्जरल्यान्ड, हङकङ, भारत र साउदी अरेबियाका अर्बपतिहरूको संयुक्त सम्पत्ति २.९ ट्रिलियन डलर (२९ खर्ब डलर) छ भने अमेरिकी अर्बपतिहरूको सम्पत्ति ३ ट्रिलियन डलर छ ।

बजार अस्थिरतामा भएको वृद्धि, विश्वव्यापी बजार तनाव र आर्थिक वृद्धिमा आएको कमी विश्वका अर्बपतिहरूको संयुक्त सम्पत्तिमा ७ प्रतिशतको गिरावट आएर ८६ खर्ब डलर कायम भएको प्रतिवेदनले जनाएको छ ।

विश्वका अन्य मुलुकका अर्बपतिका तुलनामा अमेरिकी अर्बपतिको सम्पत्तिमा वृद्धि भएको छ । यसमा विशेषगरी कर कटौती र विष्फोटक अवस्थाको कर्पोरेट आम्दानीको भूमिका रहेको छ ।

प्रकाशित : २९ बैशाख २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह