Logo

Banner-news

फाइभ–जीका लागि अमेरिकामै चिनियाँ प्रविधिको पक्षमा वकालत !


GDP Nepal
   २ जेष्ठ २०७६, बिहिबार



अमेरिका (एजेन्सी): फाइभ–जी प्रविधिका लागि विश्वका सबैजसो मुलुक चिनियाँ कम्पनीको भर परिरहेका बेला अमेरिकाले भने चीनको नामै सुन्न चाहेको छैन । अमेरिकाको अनेकौं दबाबबीच पनि पश्चिमा राष्ट्रहरुले चिनियाँ कम्पनी हुवावेको साथ लिइरहेका बेला अमेरिकामै पनि चिनियाँ कम्पनीको पक्षमा तरंग उत्पन्न भएको छ ।

अमेरिकाका केही सहरमा निकट भविश्यमै फाइभ–जी आउन लागेको छ । अमेरिकी सिनेटरहरूले चिनियाँ उपकरण निर्माताको सहयोगबिना नयाँ प्रविधि कसरी ल्याउने भन्ने विषयमा चासो व्यक्त गरेका छन् ।

फाइभ–जी प्रविधि अत्यन्त तीव्र वायरलेस कनेक्सनको अर्को पुस्ता हो । सीएनएनको प्यारेन्ट कम्पनी वार्नर मिडियाको स्वामित्व लिएका अमेरिकाका ४ क्यारियरहर भेरिजोन, स्प्रिन्ट, टी–मोबाइल र एटी एन्ड टीले हुवावे र अन्य चिनियाँ कम्पनीहरूबाट चिप्स नकिन्न आग्रह गरेका छन् ।

हुवावे विश्वकै ठूलो दूरसञ्चार उपकरण निर्माता कम्पनी हो । तर, अमेरिकी सरकारले हुवावेको प्रविधिले राष्ट्रिय सुरक्षामा खतरा आउन सक्ने भन्दै चासो व्यक्त गरेको छ ।

अमेरिका–चीनबीचको तनाव उच्च रहँदै आएको छ । अमेरिकी सरकारले हुवावेमाथि सम्भावित आपराधिक गतिविधिको बारेमा अनुसन्धान गरिरहेको छ । यो पनि चीनसँग व्यापार युद्ध चलिरहेको समयमा ।

सिनेटको न्यायिक समितिको सुनुवाइको समयमा सिनेटर डायनी फिस्टिनले चीनले हुुवावेजस्ता कम्पनीहरूको माध्यमबाट संवेनदशील सूचना दिन सक्ने चिन्ता व्यक्त गरेकी छन् ।

अमेरिकी अधिकारीहरूले फेब्रुअरीमा आफ्नो रणनीतिक साझेदारहरूलाई हुवावेको कम्पोनेन्ट प्रयोग गर्नबाट निरुत्साहित गर्न अन्तर्राष्ट्रिय अभियान नै चलाएका थिए ।
तर अमेरिकाले डाटा सेयर गर्दैै आएका बेलायतलगायत कतिपय अमेरिकी मित्र मुलुकहरूले चिनियाँ उपरकणको प्रयोगलाई निरन्तरता दिँदै आएको छ । यसले अमेरिकी डाटाको सुरक्षाको अभ्यासमा पनि चिन्ता थपेको छ ।

कतिपय युरोपेली अधिकारीले जोखिम स्वीकार गरे पनि आपूmले यसको व्यवस्थापन गर्न सक्ने भनी विमति राख्दै आएका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेले आफ्नो देशको फाइभ–जी नेटवर्क निर्माणमा हुवावेको सहयोग लिन सक्ने विषयमा सहमति जनाएको डेली टेलिग्राफले अप्रिलमा समाचार प्रकाशित गरेको थियो ।

साइबर र अन्तर्राष्ट्रिय सञ्चार र सूचना नीतिका सहायक सेक्रेटरी रोबर्ट स्ट्रेयरले चिनियाँ राष्ट्रिय जासुसी कानुनले नागरिकी संगठनलाई चिनियाँ जासुसी र सुरक्षा सेवासँग समन्वय गर्नका लागि बाध्य पारेको बताएका छन् ।

हुवावेप्रतिको अन्य चासोको विषय भनेको फाइभ–जीको प्रतिस्पर्धामा चीनले अमेरिका र अन्य मुलुकलाई पछि पार्नु रहेको छ । यो प्रविधि स्वचालित कार तथा टेलिमेसिनमा पनि प्रयोग हुने भएकाले अमेरिका यी क्षेत्रमा पनि पछाडि पर्न सक्ने चिन्ता पनि त्यत्तिकै छ ।

प्रकाशित : २ जेष्ठ २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह